अनुज थापा
क्यालिफोर्निया । अमेरिकामा अन्तर्राष्ट्रिय अवार्ड थाप्दा ढाका टोपी र दौरासुरुवालमा ठाँटिएर सुनील थापाले आफ्नो राष्ट्रप्रेम दर्शाए । तर उनको राष्ट्रप्रेम पहिरनमा मात्रै सिमित भएन ।
गत वैशाखको भूकम्पपश्चात नेपाल घुम्नै नहुने देश भनेर बाहिर चलेको हल्लालाई चिर्ने प्रयास गरे थापाले । अवार्ड पाएपछिको सम्वोधनमा उनले भने, ‘भूकम्पपछि हामी सम्हालिएर अगाडी बढ्दै छौं । हामी नेपाली अझै पनि मुस्कुराइरहेका छौं । हाम्रो मुस्कान हेर्न र हाम्रो देश भ्रमण गर्न म सबैलाई आहृवान गर्छु ।’
अमेरकाका लागि नेपालका राजदुत डा. अर्जुनकुमार कार्कीको समेत उपस्थिति रहेको कार्यक्रममा थापा वजनदार आवाज घन्किँदा सबैले ताली बजाएर समर्थन गरेका थिए । थापाले सबैलाई नेपाल सुन्दर मात्र होइन, सुरक्षित पनि छ भनेर ट्वीट गर्न आग्रह गरे ।
फिल्म फेस्टिभल अवधिभर थापा नेपालको बखान गरिरहेका थिए । क्यालिफोर्नियाको स्थानिय मिडियासँग अन्तर्त्रिmया गर्दा पनि उनको प्राथमिकता नेपाललाई सुरक्षित गन्तव्यका रुपमा चिनाउनमै केन्दि्रत रह्यो ।
सान्फ्रान्सिस्को फिल्म फेस्टिभलका ग्लोबल लिडर प्रकाश थापाले नेपालको पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न सुनिल थापाले निभाएको भुमिकाको प्रशंसा गरेका छन् । उनले भने, ‘खेलाडी र कलाकारहरु नै हुन् देशलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने । म निकै नै खुशी छु सुनिल दाईले आफ्नो दायित्व निभाउनु भयो ।’
अगस्ट ७ देखि १६ सम्म चलेको फेस्टिभलमा ५ नेपाली फिल्महरु समावेश थिए । जसकुमार राईको सेक्रिफाइस नेभर डाइज, जोयस पाण्डेको साँघुरो, नरेशदेव पन्तको टाटा बाई-बाइ, शंकर घिमिरेको तुलसी र फुलमान वलको सेलफोन प्रदर्शन भएका थिए । कार्यक्रममा नेपाली कलाकारहरु शंकर बीसी, केकी अधिकारी र नन्दिता केसीले संयुक्त रुपमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।
कलाकार सुनिल थापासंगै हलिउड कलाकार मार्टिन सिन, बलिउड संगितकार-गायक बप्पी लहरी, भियतनामी नायिका किउ चिनलाई पनि सम्मानित गरिएको थियो । कलाकार ज्याकी च्यानलाई पनि कार्यक्रममा लाइफटाइभ अचिभमेन्ट अवार्ड दिइने बताइए पनि च्यान अनुपस्थित भए ।