+
+
Shares

उन्नत जातका २ हजार गाई किन्दै सरकार

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २ गते १०:४६

२ भदौ, काठमाडौं । सरकारले यसवर्ष अन्तर्राष्ट्रिय बजारबाटै उन्नत जातका गाई खरिद गर्ने भएको छ । छिमेकी मुलुक भारत र चीनबाट सहयोग स्वरुप उन्नत जातका गाई ल्याउने प्रयास असफल भएपछि सरकारले किनेरै भएपनि गाई ल्याउन लागेको हो ।

विदेशबाट पहिलो चरणमा २ हजार गाई ल्याउने कार्यक्रम स्वीकृत भएको कृषि विकास मन्त्रालयले जनाएको छ । गाई खरिद Cowगर्नेसहित नेपाल ल्याएर बिक्री वितरण गर्ने सबै जिम्मा पशु उत्पादन निर्देशनालयलाई दिएको मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरले जानकारी दिए ।

गाई खरिद गर्न अन्तर्राष्ट्रिय टेण्डर आह्वान गर्ने तयारी भइरहेको निर्देशनालयले जनाएको छ । उन्नत जातका जर्सी र होलिस्टेन जातका गाई खरिद गरिने निर्देशनालयका कार्यक्रम निर्देशक डाक्टर भरतकुमार निर्मलले जानकारी दिए ।

दुहुनु गाई ल्याउँदा महंगो पर्ने भएकाले नब्याएका गाई खरिद गर्ने तयारी भएको निर्मलको भनाई छ । सरकारले गाई ल्याएर किसानलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराउने छ ।

निर्देशनालयले प्रतिगाई ७५ हजार रुपैयाँ लागतको अनुमान गरेको छ । यसका लागि सरकारले १५ करोड रुपैयाँ विनियोजन गरेको छ । गाई किन्न कार्यबिधि निर्माण प्रक्रिया सुरु भइसकेकाले आगामी फागुनभित्र गाई आयात गरिसक्ने निर्देशनालयले बताएको छ ।

स्वास्थ्य अवस्था, दूध दिने क्षमता र बाली लाग्ने अवस्थासहित सबै पक्ष जाँच गरेर गुणस्तरीय गाई मात्र आयात गरिने निर्देशक निर्मलले बताए । त्यसका लागि एक प्राविधिक कार्यदल गठन गरिनेछ । उन्नत जातका गाई भूकम्प प्रभावित १४ जिल्लासहित अन्य १० जिल्लामा अनुदानमा वितरण गरिने छ ।

भारत सरकारले पहिले उन्नत जातका गाई सहयोग गर्ने भने पनि पछि जैविक बिबिधता कानून विपरित हुने भन्दै प्रक्रिया रोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?