+
+

५० लाख घोषणाबारे सरकारलाई संसदको रुलिङ

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ३ गते १७:००

३ भदौ, काठमाडौं । मधेस आन्दोलनमा लागेर मृत्यु बापत परिवारलाई ५० लाख रुपैया दिने भनी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको निर्णयबारे संसदलाई अबिलम्ब यथार्थ जानकारी गराउन सभामुखले सरकारलाई रुलिङ गरेका छन् ।

Subash-nembangसंसद बैठकमा सभासदहरुले सो निर्णय आतंकवादी र जनताको अपमान गर्ने खालको भएको भन्दै सरकारको ध्यानाकर्षण गराएपछि सभामुख नेम्वाङले गृहमन्त्रीलाई रुलिङ गरेका हुन् ।

सभामुख नेम्वाङले यस्तो निर्णय भयो होला भनेर आफूले सोच्न पनि नसकेको बताए । नेम्वाङले भने, ‘रकम तोकेर आन्दोलन आउन भनेको प्रसंग संसदको जानकारीमा आएको छ । यो मानव अधिकार र लोकतान्त्रिक मूल्य मान्यताको विपरित छ । यो सोच्न पनि नसकिने विषय हो ।’

यसअघि मधेसी मूलका सभासदहरुले मोर्चाका नेताहरुबाट मधेसी जनताको अपमान भएको बताएका थिए । सभासद सुरेशप्रसाद जयसवालले यस्तो घोषणा गर्ने पार्टीका नेताहरुमाथि कारवाही हुनुपर्ने माग गरे ।

मधेसी सभासद जयसवालले संसदमा भने, ‘मधेसमा भएको आन्दोलन मधेसी जनताको हो, केही भ्रष्ट व्यक्तिहरु ५० लाखको बिटो बोकेर मधेस छिर्न खोज्दैछन्, तिनीहरुको सम्पत्ति छानविन होस् ।’ उनले जनताले गरेको आन्दोलनमा घुसेर जस लिन खोज्नेहरुबाट मधेसी जनता सजग हुनुपर्ने बताए ।

अर्का मधेसी सभासद सूर्यदेव प्रसाद उरावले मधेसी जनता आन्दोलन र हिंसामा आउन नमानेपछि रकम तोकेर जनतालाई आन्दोलनमा ल्याउन खोजिएको बताए ।

उरावले भने, ‘हामी सुनसरीका अल्पसंख्यक उराव मधेसीहरु शान्तिपूर्ण आन्दोलनमा छौं । हामी ५० लाखमा आन्दोलन गर्ने जाति होइनौं । रकम तोकेर आन्दोलनमा आउ भन्नेले मधेसी जनताको अपमान गरेका छन्, तिनीहरुमाथि कारवाही होस् ।’

यो पनि पढ्नुस्

५० लाख घोषणा गर्ने मधेसी नेताको बैंक खाता रोक्न माग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?