Comments Add Comment

भन्सारबाट स्कर्टिङ गरी ट्यांकर पठाइयो   

४ भदौ, विराटनगर । संयुक्त मधेसी मोर्चाको अनिश्चितकालीन हड्तालका कारण विराटनगरस्थित भन्सार कार्यालयमा थन्किएर रहेका १६८ वटा ट्यांकरलाई स्कर्टिङ गरेर प्रहरीले आज गन्तव्यतर्फ पठाएका छन् ।

उक्त भन्सार कार्यालयबाट स्कर्टिङ गरेर ती ट्यांकरलाई मोरङको सीमावर्ती निमुवा बूढीखोलासम्म पुर्‍याएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

त्यहाँबाट सुनसरी जिल्लाका प्रहरीको स्कर्टिङ टोलीले ती ट्यांकरलाई गन्तव्यतर्फ पठाएका छन् । भन्सारको परिसरमा अहिले पनि ठूलो संख्यामा मालबाहक गाडी थन्किएका छन् ।  रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment