Comments Add Comment

टीकापुरमा सेना परिचालन, बिहानैदेखि गस्ति सुरु

८ भदौ, काठमाडौ । हिंसात्मक झडप भएको कैलालीको टीकापुर क्षेत्रलाई सामान्य बनाउन सेना परिचालन गरिएको छ ।

टीकापुरमा सोमवार भएको झडपमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहित ७ प्रहरी र एक बालकको मृत्यु भएको थियो ।

वरिष्ठ प्रहरी अधिकारीको मृत्युपछि त्रसित बनेको कैलालीमा सरकारले दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ । उक्त क्षेत्रमा सम्भावित घट्नालाई ध्यान दिएर मंगलबार बिहानैदेखि नेपाली सेनाले गस्ती थालेको छ ।

कैलाली घटनापछि सोमबार नै बसेको सुरक्षा समितिको बैठकले कैलालीको साथै रौतहट र सर्लाही जिल्लालाई पनि संवेदनशील क्षेत्र घोषणा गर्दै सेना परिचालन गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment