+
+
Shares

डा. भट्टराईले भने- अतिले खति गर्छ भन्ने हेक्का ठूला नेतालाई बेलैमा होस्

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ८ गते १७:१९

८ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीका वरिष्ष्ठ नेता डा. बाबुराम भट्टराईले कैलालीको टीकापुर घटना अत्यन्त दुःखद भन्दै थारु समुदायलाई मान्य हुने गरी कुनै संघीय प्रदेश बन्छ भने शीर्ष नेताहरुले आपत्ति जनाउन नहुने बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका उनले अतिले खति गर्छ भन्ने हेक्का बेलैमा राख्न शीर्ष नेताहरुलाई सुझाव समेत दिएका छन् ।

baburam Bhattrai

कुनै पनि प्रशासनिक इकाइ अखण्ड हुँदैनन्

‘थारु नेपालको ६.५६ प्रतिशत जनसंख्या भएको सम्भवतः सबैभन्दा उत्पीडित जाति/समूह हो । उसको बसोवासका निश्चित ऐतिहासिक र भौगोलिक थातथलो छन् । तिनलाई मोटामोटी मिलाएर उनीहरुलाई मान्य हुने गरी कुनै संघीय प्रदेश बन्छ भने त्यसमा हामीले आपत्ति गर्नुहुन्न,’ डा. भट्टराईले फेसबुक पेजमा लेखेका छन्, ‘संघीय पुनर्संरचनामा गैसकेपछि हिजोका कुनै पनि प्रशासनिक इकाइ अखण्ड हुँदैनन् । अतिले खति गर्छ भन्ने हेक्का आफूलाई ठूला ठान्ने नेताहरुलाई बेलैमा होओस् ।’

यस्तो संवेदनशील विषय र क्षणमा सबै नागरिक, राजनीतिक दल र विशेषतः निर्णायक ठाउँमा रहेको राजनीतिक नेतृत्वले अत्यन्त संयमित र सुझबुझपूर्ण ढंगले आफ्ना अभिव्यक्ति दिने र आवश्यक समाधान खोज्ने कोशिश गर्नपर्ने भट्टराईको भनाइ छ ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति समेत रहेका उनले लेखेका छन्, ‘अब जे हुनु भैसक्यो । घटनाको वास्तविक सत्यतथ्य समयक्रममा आउने नै छ । तत्काल हामीले विवेक र धैर्य नगुमाइकन समस्याको समाधान खोज्नुपर्छ ।’

समस्याको समाधान प्रशासनिक वा फौजी ढंगले नभइ राजनीतिक ढंगले नै खोज्नुपर्नेमा पनि उनले जोड दिएका छन् ।

‘कांग्रेस, एमाले, एमाओवादी, मधेसवादी आदि अहिलेका सबै प्रमुख राजनीतिक शक्तिहरु आआˆनो समयमा ठुलो आन्दोलन/संघर्ष गरेरै आएका शक्ति हौं । त्यसैले समस्याको समाधान प्रशासनिक वा फौजी ढंगले हैन राजनीतिक ढंगले नै खोज्नुपर्छ भन्ने हामीले विर्सनु हुँदैन,’ भट्टराईले लेखेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?