Comments Add Comment

टीकापुर हत्याकाण्डमा कसले गरायो घुसपैठ ?

८ भदौ, काठमाडौं । सोमवार कैलालीको टिकापुरमा जुन हत्याकाण्ड भयो, यसको अनुमान पनि रहेनछ आन्दोलनको नेतृत्व गर्नेहरुलाई ।

थारुवान थरुहट संयुक्त संघर्ष समितिले गठन गरेको सात सदस्यीय केन्द्रीय आन्दोलन परिचालन कमिटीका कमाण्डहरु नै आश्चर्यमा पर्ने गरि भएको यो घटना कसरी भयो त ?
Tikapir-jhadap
आदिवासी जनजाति महासंघका निवर्तमान अध्यक्ष तथा आन्दोलन परिचालन कमिटीका एक कमाण्डर राजकुमार लेखी भन्छन्-हामीले केही सोच्नै सकेका छैनौं, यस्तो घटना कसरी हुन पुग्यो ।’

विहान ११ बजेसम्म शान्तिपूर्ण रुपमा रहेको प्रदर्शन त्यसपछि एकाएक हातहतियार सहित भड्किएको समिक्षा आन्दोलनकारीले गरेका छन् । अपरान्ह १२ बजेपछि आन्दोलनमा घुसपैठ भएर यति ठूलो हत्याकाण्ड हुन पुगेको आन्दोलनकारी नेताहरुको निष्कर्ष छ ।

एक आन्दोलनकारी नेताले भने-कतिपय हामीले चिन्नै नसक्ने अनुहारहरु पनि देखिए । उनीहरु कहाँबाट आए पत्तो नपाउँदै हत्याकाण्ड मच्चियो । थारुको आवरणमा अरुनै घुसेकि भन्ने आशंका छ ।’

संविधानसभाबाट संविधान जारी गर्न हुँदैन भन्ने शक्तिले पनि थारु आन्दोलनभित्र घुसेर आतंक मच्चाउन खोजेको आशंका उनीहरुले गरेका छन् । ‘तर यसको जिम्मा राज्यले लिनुपर्छ’ उनले भने ।

आन्दोलन हाँकिरहेका नेताहरुले सोमबारको घटनाको समिक्षा गर्दै सम्भावित घुसपैठबाट जोगिएर शान्तिपूर्ण आन्दोलनका कार्यक्रम अघि बढाउने निर्णय गरेका छन् । लेखीले भने-यहि घटनालाई बहाना बनाएर थारु आन्दोलन तुहाउने योजना सफल हुन दिन्नौं । हामी कुनै समुदाय विरुद्ध वा सुरक्षाकर्मी विरुद्ध होइन,आफ्नो अधिकारका लागि लड्छौं ।’

सरकारले सोमबारको घटनालाई नियोजित भनेको छ । तरु थारु कल्याण्कारी सभाका धनिराम चौधरीले भने त्यो आरोप अस्वीकार गरेका छन् । ‘हाम्रो आन्दोलनमा घुसपैठ भएकै हो, नियोजित हुँदै होइन’ चौधरीले भने ।

थारुलाई कैलाली कन्चनपूरको एक रौं पनि दिन्न भन्ने शेरवहादुर देउवा लगायतका नेताका कारण यस्तो घटना हुन पुगेको आरोप लेखीको छ । ‘वास्तवमा यो घटना र भड्काउ त्यसको उपज हो’ उनले भने ।

देउवाहरुको भड्काउ मात्र जिम्मेवार छ कि, टिकापुरमा गएर हतियार बोकेर सडकमा आउ भन्ने मधेसवादी नेताहरु पनि जिम्मेवार छन् ? लेखी भन्छन्-मधेशवादी नेताहरु पनि आन्दोलनमा छन्, उनीहरुले उक्साउन केही भने होलान्, यसमा म केही टिप्पणी गर्न चाहान्न अहिले ।’

शान्तिपूर्ण रुपमा १४ दिनसम्म थारुहरुले आन्दोलन गर्दा पनि सरकार र सञ्चारमाध्यमले महत्व नदिएपछि यो अवस्था आएको दावी समेत उनले गरे । ‘मान्छे मरेपछि मात्र सबैका चासो हुनु दुर्भाग्य हो’ लेखीले भने ।

थरुहट/थारुवान थरुहट संघर्ष समितिले तराई मधेशका अधिकांश जिल्लामा अहिले आन्दोलन गरिरहेको छ । यो समितिमा थारु सम्बद्ध चारओटा मोर्चा सदस्य रहेका छन् ।

थारु कल्याणकारी सभा,थारु सभासद संघर्ष समिति,थरुहट संघर्ष समिति र राजनीतिक दल आबद्ध थारु भातृ संगठनहरु यो मोर्चामा छन् । तर, मोर्चामा एमालेका सभासद र एमाले सम्बद्ध संगठन भने छैनन् ।

संघर्ष समितिको नेतृत्व थारु कल्यणकारी सभाले गरेको छ । केन्द्रीय आन्दोलन परिचालन समितिमा राजकुमार लेखी, धनिराम चौधरी, रामजनम चौधरी, मिनराज चौधरी, रमेश चौधरी लगायत छन् ।

यो समितिले सेना परिचालन गरिएका जिल्लामा बाहेक अन्यत्र आन्दोलन जारी राख्ने निर्णय गरेको छ । सरकारले वार्तामा नबोलाएकोमा समेत थारु नेताहरु आक्रोशित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment