Comments Add Comment

कैलाली घटनाप्रति एनआरएनको भत्र्सना, छानविन गर्न माग 

शान्तिपूर्ण आन्दोलनका क्रममा राष्ट्रसेवक प्रहरी अधिकारीमाथि अमानवीय तथा त्रसादिपूर्ण हमला भएको भन्दै गैरआवासीय नेपाली संघले घोर भत्र्सना गरेको छ । सोमबार टीकापुरमा भएको घटनाले सम्पूर्ण गैर आबासीयहरुलाई स्तब्ध र मर्माहत बनाएको बनाएको भन्दै संघले भत्सना गरेको हो ।

NRNA Spainसंघले सत्य तथ्य बुझि दोषि उपर कडा कार्वाहीको लागि नेपाल सरकार समक्ष जोडदार माग समेत गरेको छ । संघका प्रबक्ता मन केसी द्वारा जारी बिज्ञप्तिमा कर्तब्य पालनको शिलशिलामा अन्त्यन्तै संयमताका साथ खटिएका नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक, प्रहरी अधिकृत, प्रहरी जवान तथा मृतकप्रति भाबपूर्ण समवेदना प्रकट गरिएको छ ।

संविधान निर्माणको संवेदनशील घडीमा नेपालका बिबिध क्षेत्रहरुमा हिंसात्मक प्रदशन भइरहेकोमा अत्यन्तै दुःखित भएको बताउँदै संघले संविधान निर्माण प्रकियालाई नै बिलम्ब गरी मुलुकमा सम्बृद्दी ल्याउँने गैरआबासीयहरुको चाहनामा तुषारापात हुने त हैन भन्दै चिन्ता ब्यक्त गरेको छ ।

राष्ट्रले भूकम्पबाट ठुलो जनधनको क्षति व्यहोरेर राष्ट्र पुन:निर्माणमा सबै नेपालीहरु जुट्नु पर्ने बेला र संविधान निर्माण प्रक्रिया अन्तिम चरणमा पुगी जारी हुने अबस्थामा देशमा भएको घटनाले गैर आवासीयहरुलाई स्तब्ध र मर्माहत बनाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संघले यो जटिल परिस्थितिमा सरकार,सबै राजनीतिक दल, आन्दोलनमा उत्रिएका राजनीतिक पक्ष, समुह ,नागरिक अगुवा तथा आम नेपाली जनतालाई संयमता अपनाउन र कुनै पनि भड्किला ब्यबहार नदेखाउन अपील गर्दै सद्भाव कायम राख्न अनुरोध गरेको छ ।

सोमबार थरुहट आन्दोलनकारीको आक्रमणमा परी जनपथ प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ सुरक्षाकर्मीको मृत्यु भएको थियो । घटनामा ५० भन्दा बढी सुरक्षाकर्मी र केही आन्दोलनकारी घाइते भएका छन् । २ वर्षका बालक टेकेन्द्र साउदको पनि मत्यु भएको छ ।

छुरा, भाला, बन्चरोसहितका घरेलु हतियार बोकेर आएका ८/१० हजारको संख्यामा आन्दोलनकारी सडकमा उत्रिएका थिए । आन्दोलकारीले सरकारी कार्यालय कब्जा गर्न खोजेपछि कैलालीको मुनुवा गाविस ६ सिलम चौराहमा झडप भएको थियो ।

NRNA

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment