+
+

रुन्चे गायक के गर्दैछन् यूएईमा ?

यूएई । नाइँ…. मलाई त्यही केटी चाहिन्छ….भन्दै नेपाली संगीतमा रुन्चे गायकको रुपमा परिचित प्रकाश पौडेल ब्यबसायिक जिम्मेवारी सम्हाल्दै केही बर्षदेखि दुबइमा बसोबास गरिरहेका छन् ।

तर, नसा नसामा बगिरहेको संगीतक गुन्जनलार्इ उनले कहाँ चटक्कै बिर्सन सक्छन र ? बित्तिय संस्थाको जिम्मेबारीबाट बचेको केही समय उनले संगीत सिर्जनामा लगाइरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ८ गते २०:५६

रामप्रसाद ढुंगेल

prakash-paudel

‘नाइँ…. मलाई त्यही केटी चाहिन्छ….’ बोलको रुन्चे गीत तपाईंले बिर्सनु भएको छैन भने यसका गायक प्रकाश पौडेललाई पक्कै चिन्नुहुन्छ । तर, उनी अहिले पनि कतै बसेर रोइरहेका होलान् भन्ने सोच्नुभएको भए तपाईं गलत हुनुहुन्छ ।

धरानका यी युवा अहिले यूएईमा सेन्चुरी रेमिटको कन्ट्री हेडका रुपमा कार्यरत छन् । हुन्डीको विरोध गर्दै रेमिट्यान्सको काममा यूएईभरी कुदिरहेका पौडेललाई धेरैले नेपाली दूताबासमा एमआरपी बाँडिरहेको अवस्थामा पनि भेट्न सक्छन् । यद्यपि उनले गायनलाई चटक्कै माया मारेका होइनन् । फुर्सद मिल्ने बित्तिकै संगीत साधनामा जुटिहाल्छन् ।

तीजको कोसेलीको रुपमा उनले हालै भोलि छुट्टी मकै भुट्टी, आज रातभरि मातिन्छ, झ्याप भएर नाचिन्छ. बोलको गीत सार्वजनिक गरेका छन् । पछिल्लोपटक नेपाल पुग्दा रेकर्ड गरेको गीतको म्युजिक भिडियो भर्खरै रिलिज भएको उनले जानकारी दिए ।

भुषण दाहालले निर्देशन गरेको म्युजिक भिडियोमा भऽगोल टिमका कुमार कट्टेल ‘जिग्री’, हरि निरौला ‘कक्रोच’, सागर लम्साल बले र मोडल शशि खड्काले अभिनय गरेका छन् । उक्त गीतको म्युजिक भिडियो कान्तिपुर टेलिभिजनबाट सार्वजनिक भएको छ । धीरजजंग साहले छायांकन गरेको उक्त भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका हुन् ।

पौडेलको आˆनै शब्द र संगीत रहेका गीतहरुमा एल्बममा जेम्स प्रधानले म्युजिक एरेन्ज गरेका छन् । सार्वजनिक हुनुपहिल्यै यस गीतलाई डिजे एएनले रिमिक्स गरी डान्सिङ शैलीमा ढालेका छन् ।

भुषण दाहालको निर्देशनमा बनेको भिडियोमा चर्चित हाँस्य टेलिश्रृंखला भऽगोलका कलाकारहरुको अभिनय रहेको छ । निर्देशक दाहालले पौडेलको भिडियोमा उच्च प्रविधिका साथ नयाँपन दिएको बताएका छन् । उक्त भिडियो ठमेलको बेबिलोन डिस्को परिसरमा सुट गरिएको हो । भिडियो यूट्युबकै नयाँ संस्करण भेभो म्युजिक साइटमा पनि राखिएको छ ।

करिब ६ महिनाअघि उक्त गीतको अडियो भेभोमा राखिएको थियो जुन भेभोमा राखिएको पहिलो नेपाली गीत हो । विदेशमा नेपालीहरुको जीवनशैली, कार्यव्यस्तता र सप्ताहन्तको मस्तीलाई गीतमा समेटिएको छ ।

करिब १ दशकअघि ‘थ्री मच’ एल्बमको सफलतापछि प्रकाशले आˆनो ब्रान्डलाई निरन्तरता दिँदै आठौं एल्बम ‘एट मच’ सार्वजनिक गर्ने तयारीमा छन् । आज रातभरि नाचिन्छ.. बोलको गीत लगायत अन्य आठ वटा गीतहरुको कलेक्सन एल्बम सार्वजनिक गर्ने प्रकाशले बताए । एल्बममा डान्सिङ, कमेडी, लोक तथा पप गीतहरु रहने छन् ।

एनआरएनका यूवा संयोजक समेत रहेका पौडेल एनआरएनमा राजनीतिक हस्तक्षेप बढेको भन्दै अब स्वतन्त्र रहेर नेपालीहरुको सेवा गर्ने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?