Comments Add Comment

बन्दले सप्तरीका सरकारी कार्यालय सुनसान

१० भदौ, सप्तरी । संयुक्त मधेसी मोर्चाले आह्वान गरेको निरन्तर बन्दका कारण सप्तरी जिल्लामा यातायात ठप्प भएपछि सदरमुकाम राजविराजमा रहेका सरकारी कार्यालयमा सेवाग्राही आउन छाडेका छन् ।

जिल्लामा यातायात सञ्चालन नभई पूर्णरुपमा यातायात ठप्प हुँदा यहाँको सरकारी कार्यालयमा सेवाग्राही नआउनाले अधिकांश कार्यालय सुनसान देखिएका छन् ।

सरकारी कार्यालयमा सेवाग्राही आउन छाडेपछि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म कर्मचारी हाजिरी गरी कार्यालयभित्रै त्यत्तिकै बसेर समय बिताउन बाध्य भएको एक कर्मचारीबाट बुझिएको छ ।

कार्यालयमा सेवाग्रही आएका भए कार्यालयमा अनेक काम हुन्थ्यो तर नआएपछि कर्मचारी त्यत्तिकै बसिरहेको जनाइएको छ । सदरमुकाम राजविराजबाट चल्ने लामो तथा छोटो दूरीका कुनै पनि सवारीसाधनलाई मोर्चाका कार्यकर्ताले चल्न दिएका छैनन् भने राजविराजका विभिन्न ठाउँठाउँमा कार्यकर्ताले सधैँ प्रदर्शन गर्ने भएपछि सेवाग्राही कार्यालयमा आउन छाडेको कार्यालयले बताएका छन् ।

विगत दश दिनदेखि बन्दकर्ताले जिल्लाका विभिन्न ठाउँमा सडक अवरोध पार्ने र प्रदर्शन गरिरहेकाले सार्वजनिक यातायातका साधन चल्न छाडेपछि राजस्व उठ्ने सरकारी कार्यालयमा सेवाग्राही नआउँदा कार्यालय बन्द रहेकाले सरकारलाई पनि यसबाट दैनिक रकम उठ्ने कार्यालयबाट मोर्चाको बन्द भएपछि लाखौँको राजस्वमा घाटा हुने गरेको कर्मचारी बताउँछन् ।

दैनिक राजस्व प्राप्त हुने भन्सार, मालपोत, राजस्व सेवा, दूरसञ्चार, विद्युत्लगायतका कार्यालय हाल मोर्चाको बन्दका कारण सेवाग्राही आउन छाडेकाले कार्यालय सुनसान छन् ।

मोर्चाले आह्वान गरेको अनिश्चितकालीन बन्दको कारण सदरमुकाम राजविराजमा रहेको मालपोत, जिल्ला अदालतलगायतको कार्यालयमा सेवाग्राही आउन छाडेपछि जिल्लाका लेखापढी व्यवसायीको दैनिक जीवनयापनमा समेत समस्या परेको बताइएको छ ।

यसैबीच, प्रदर्शनकारीले कार्यालयमा ढुङ्गामुढा गरी कार्यालयमा आएर तोडफोड गर्छ भन्दै सदरमुकाममा रहेका हरेक सरकारी कार्यालयमा स्थानीय प्रशासनले सुरक्षा दिने उद्देश्यस्वरुप विभिन्न कार्यालयमा प्रहरीको सुरक्षामा तैनाथ गरिएको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment