Comments Add Comment

वार्ताका लागि मधेसी मोर्चाले राखेको सर्तप्रति चार दल सकारात्मक

Four-Parties-Meeting

१० भदौ, काठमाडौं । वार्ताका लागि संविधानसभाको जारी प्रक्रिया रोक्नु पर्ने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको सतप्रति प्रमुख चार दल सकारात्मक देखिएका छन् ।

चार दलका शीर्ष नेताहरुको बिहीबारको बैठकले संविधानसभाको प्रक्रिया नै रोक्ने घोषणा नगर्ने र तर आवश्यक समय लिन सकिने निष्कर्ष निकालेको छ । ‘वार्ताका लागि इमान्दार भएर प्रत्यत्न गर्नुपर्छ भन्ने निष्कर्ष निकालिएको छ’ बैठकपछि एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अनलाइनखबरसँग भने ।

प्रधानमन्त्री सुशील कोइरालाले वार्ताका लागि तीन दिनको समय दिएर पत्र पठाएका छन् । पत्रको औपचारिक जवाफ नपठाएपनि अनौपचारिक सम्वादका क्रममा मोर्चाका नेताहरुले तीन सर्त राखेका छन् ।

नेताहरुका अनुसार मधेसी मोर्चाले वार्ताका लागि संविधान निर्माणको जारी प्रक्रिया रोक्नु पर्ने, विगतमा भएको सम्झौता पालना गर्ने सार्वजनिक प्रतिवद्धता जनाउनु पर्ने र कर्फ्यूसहितका दमन रोक्नु पर्ने माग गरेको छ ।

चार दलले मधेसी मोर्चासँग वार्ता नगरी सीमांकनसहितका विषयबस्तुमा ठोस छलफल समेत नगर्ने भएका छन् ।

बैठकमा संविधानको विधेयक संशोधनको समय छोट्याउनेबारे पनि छलफल भएको थियो । तर, सभासदहरुले बोल्ने क्रम जारी रहेकाले अहिले कुनै सहमति हुन सकेन ।

प्रस्तावित कार्यतालिका अनुसार छलफल शुक्रबार सकिनु पर्ने हो । तर, बोल्न बाँकी सभासदहरुको सूची धेरै भएकाले एक दिन लम्बिने सम्भावना छ ।

त्यसपछि नै सात दिनको संशोधन समय छोट्याउने नछोट्याउनेबारे छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment