Comments Add Comment

गोसाइँकुण्डमा मेला भर्नेको भीड

१२ भदौ, बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ स्थित गोसाइँकुण्डमा शनिबार बिहानदेखि जनैपूर्णिमा मेला लागेको छ ।

सो मेलामा रक्षाबन्धन गर्ने भक्तजन र तागाधारीले जनै फेर्न भीड लागेको हो ।

वर्षौंदेखि जैनपूर्णिमाका दिन मेला लाग्दै आएको सो स्थानमा भगवान् शिवले एकरात बिताएको र त्यहाँ गएर दर्शन तथा पूजाआजा गर्नाले मोक्ष प्राप्त हुने धार्मिक जनविश्वास रहिआएको छ ।

पण्डित प्रकाश ढुङ्गेलले आजको दिन गोसाइँकुण्डमा २१ कुलपृत्रीको समेत उद्धार हुने धार्मिक विश्वास रहेको बताए ।

सो स्थानबाट पवित्र नैमिषारण्या क्षेत्रसमेत नजिकै पर्छ यसबाहेक जिल्लाको पोखरी नारायण स्थानलगायतका शक्तिपीठमा पनि जनैपूर्णिमाको अवसरमा भीडभाड बढेको छ । सो स्थानमा बनेपाको पुडोलबाट झन्डै आधा घन्टा पैदलयात्रामा पुगिन्छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment