Comments Add Comment

विश्वको आर्थिक हस्ती ब्राजिल किन फस्यो आर्थिक संकटमा ?

brazil-economy

विश्वमा तिव्र आर्थिक वृद्धिको उदाहरण दिनुपर्दा केही वर्षअघि सम्म चीनपछि ब्राजिलको नाम आउँथ्यो ।

अहिले ब्राजिलको अर्थतन्त्र धरासायी बन्दै गइरहेको छ र देश मन्दीमा फसिरहेको छ । आखिर घटनाक्रम कसरी त्यति सारो खराब भयो यति छिटै ?

तीन वर्षअघि ब्राजिलको आर्थिक विकाश अमेरिकाको भन्दा तेब्बर थियो । सन् २०११ मा ब्राजिलको अर्थतन्त्रको आकारले बेलायतलाई पछि पारेको थियो । दशौँ लाख ब्राजिलीहरु गरिबीको जिवनस्तरबाट मध्यमवर्गको हैसियतमा पुग्न सफल भए र त्यो बेलाका राष्ट्रपछि लुला डा सिल्भाले देशका ८३ प्रतिशत मानिसको समर्थन प्राप्त गर्न सफल भएका थिए ।

ब्राजिलका कुनैबेलाका सबैभन्दा धनी व्यक्ति इक बाटिस्टाले एक अन्तरवार्तामा भने अनुसार त्यो बेला ब्रालिले आफ्नो वास्तविक क्षमता अनुभुत गर्दैथियो ।

सीबीएस न्यूजको कार्यक्रम सिक्टी मिनेटमा अन्तरवार्ता दिँदै उनले सन् २०१० मा भनेका थिए- यो अविश्वसनीय छ । ब्राजिलले आफ्नो सबै प्रयासलाई एकताबद्ध बनाएको छ । हामी पूर्ण रोजगारीतर्फ लम्किरहेका छौँ ।

वास्तवमा त्यो अविश्वसनीय नै थियो । ब्राजिलको अर्थतन्त्र जरैदेखि खस्किएको छ । देश ठूलो राजनीतिक स्क्यान्डलमा फसेको पनि छ । देशले ऐतिहासिक रुपमा टाट पल्टिएको अवस्था भोगेको छ । र यो असफलताको नेतृत्व गरिरहेकी छिन् अलोकपि्रय राष्टपति डिल्मा रुसेफले, यद्यपि उनले ब्राजिलको अर्थतन्त्र बचाउने प्रयास गरिरहेकी छिन् ।

अमेरिकास्थित ब्राजिल इन्स्टिच्युटका निर्देशक पाउलो सोटेरोका अनुसार ५ वर्षअघि ब्राजिल राम्रो अवस्थामा थियो तर उसले अर्थतन्त्र सुधार्ने मौका गुमायो ।

विज्ञहरुका अनुसार ब्राजिलको तेल क्षेत्र तथा राजनीतिकर्मीहरु संलग्न भएका भ्रष्टाचारका काण्डले गर्दा त्यहाँको अर्थतन्त्रलाई निरासामा धकेल्यो ।

अहिले एक पछि अर्को गर्दै अधिकारीहरु भ्रष्टाचार काण्डमा तानिँदै गएको छ । जसले ब्राजिलको समग्र व्यवसायिक आत्मविश्वासमा नै गिरावट ल्याइदिएको छ

ब्राजिलको सरकारी स्वामित्वको पेट्रोलियम कम्पनी पेट्रोबासको आर्थिक घोटाला काण्ड सबैभन्दा कुख्यात काण्ड हो । यहीँ कम्पनीलाई केन्द्रमा राख्दै अहिले त्यहाँका अनुसन्धान अधिकारीहरुले ठूलो परिमाणमा मुद्रा निर्मलीकरण तथा भ्रष्टाचारका अभियोगहरुमाथि छानविन गरिरहेका छन् र यसमा सत्तारुढ दलका समेत गरी दर्जनौँ नेताहरु दशौँ लाख घुस खाएको आरोपमा मुछिएका छन् ।

सेप्टेम्बर यता कम्पनीले आफ्नो ६० प्रतिशत बजार मूल्य गुमाएको छ । ब्राजिलको राष्ट्रिय स्टक परिसूचक बोवेस्पामा पनि तिव्र गिरावट आएको छ ।

पेट्रोबास स्खलन

गएको बुधबार अमेरिकाको न्यूयोर्क भ्रमणमा गएका ब्राजिली अधिकारीहरुले केही आशा संचार गर्ने प्रयत्न गरे । ब्राजिलका नयाँ नियुक्त वित्त मन्त्री जोआक्विम लेभीले पेट्रोबास पारदर्शी कम्पनी रहेको दाबी गरे । आफ्नो बैंक खातासम्बन्धी समस्याबाट कम्पनीले छिटै पार पाउने कुरामा आफु विस्वस्त रहेको उनको भनाइ थियो ।

petrobras-brazil-plummet

ब्राजिलमा भ्रष्टाचार भन्ने कुरा कुनै नौलो नभएपनि पेट्रोबास घटना निकै भयानक हो । कम्पनीले अघिल्लो वर्ष मात्रै भ्रष्टाचारका कारण दुइ अर्ब डलर गुमाएको थियो ।

ब्राजिलको राजनीतिक अस्थिरता तथा स्क्याण्डल राष्ट्रिय नाटकको सुरुवात मात्र हो । अनि देश मन्दीमा धकेलिरहेको बेला ब्राजिली जनता राष्टपति डिल्मा रुसेफको राजिनामा माग्दै सडकमा ओर्लिएका छन् ।

गत जुलाइमा देशको विद्युत कम्पनी इलेक्ट्रोब्रासका उच्च पदस्थ हाकिमहरु पक्राउ परे र उनीहरुमाथि पेट्रोवासबास घुस खाएको रकमको मुद्रा निर्मलीकरण गरेको अभियोग छ । अहिले एक पछि अर्को गर्दै अधिकारीहरु भ्रष्टाचार काण्डमा तानिँदै गएको छ । काण्डले ब्राजिलको समग्र व्यवसायिक आत्मविश्वासमा नै गिरावट ल्याइदिएको छ ।

कुनैबेलाका अर्वपति बाटिस्टा पनि अहिले टाट पल्टिइसकेका छन् ।

बाटिस्टाको तेल कम्पनी ओजिएक्सले सन् २०१३ मै टाट पल्टिएको निवेदन दिएको थियो । यो ल्याटिन अमेरिकी इतिहासको सबैभन्दा ठूलो कर्पोरेट टाट पल्टाइको घटना थियो ।

बाटिस्टा र ओजिएक्सको दुखदायी कथाले ब्राजिलकेा बनाबटी आर्थिक वृद्धिको रोमान्चक पाटोलाई छर्लंग पारेको छ ।

बाटिस्टाको अहिले एक अर्ब डलर भन्दा बढि ऋण छ । त्यसैले उनले अहिले उल्टो अर्बपतिको उपाधि पाएका छन् । उनी आन्तरिक व्यापार सम्बन्धी अभियोगमा अदालत धाइरहेका छन् र अघिल्लो हप्तामात्रै प्रहरीले उनको घरमा छापा मारेर उनका सबै सम्पत्ति जफत गरेको थियो ।

कुनैबेला बाटिस्टाको सम्बन्ध राष्टपति डिल्मासँगै गाँसिएको थियो, जो अहिले आफ्नै उत्थानको लडाइँ लडिरहेकी छिन् देशको अर्थतन्त्र ब्युँताउने प्रयास गर्दै ।

ब्रुकिंग इन्स्टिच्युटका ल्याटिन अमेरिकी विज्ञ ह्यारोल्ड ट्रिंकुनासका अनुसार अबका दुइचार वर्ष ब्राजिलका लागि केही अप्रिय हुनेछन् र सरकारले अझै सुस्तीको सामना गर्नुपर्नेछ

वास्तवमा डिल्माको सत्तामा पडक कमजोर बनिसकेको छ । पुनर्निर्वाचन जितेर आर्थिक पुनर्संरचनाको प्रतिबद्धता जाहेर गरेपनि त्यो सजिलो छैन । एउटा मत सर्भेक्षण अनुसार डिल्मा रुसेफको जनस्विकृति अहिले केवल २३ प्रतिशत मात्र छ।

यावत् समस्याहरुले सरकारमा जनविश्वास डगमगाएको छ र अर्थतन्त्रप्रति पनि ।

ब्राजिल सेन्टरका अध्यक्ष फर्नान्डो लाराका अनुसार अहिले ब्राजिलमा आम निरासा छ र त्यो निरासाले स्टक मार्केटमा ठूलो असर पूराएको छ । पेट्रोबास पनि निरासाको कारण हो ।

वस्तु बजारमा भएको वृद्धिले ब्राजिलको आर्थिक वृद्धि चुल्याएको थियो । तर पछिल्लो समय चीन लगायतका विश्व बजारबाट ब्राजिली उत्पादनहरुको माग घटेको छ । ब्राजिलको सबैभन्दा ठूलो व्यापार साझेदार चीनबाट माग घटेपछि ब्राजिलका मुख्य निर्यात वस्तु तेल तथा भटमास अनि चिनी, कफी र धातुको मूल्यमा गिरावट आएको छ । चीन आफैपनि अर्थिक सुस्ततामा धकेलिएका त्यहाँको आयात घटिरहेको छ ।

ब्राजिलको मुद्रा रियलले भने अवमूल्यन बेहोरिरहेको छ । सन् २०११ मा रुसेफले सत्ता सम्हाल्दा ताका एक अमेरिकी डलर बराबर १.५५ ब्राजिली रियाल थियो । अहिले भने ब्राजिली मुद्राको मूल्य घटेर २.८० रियाल पुगेको छ । यसले ब्राजिल अब सन् १९९० तथा १९९० को दशको हाइपर इन्फ्लेसन अर्थात् उच्च मुद्रास्फ्रितिको अवस्थामा पुग्ने लक्षण देखिएको छ ।

brazil

ब्राजिलमा व्यवसायिक लगानी यो आर्थिक वर्षको दोश्रो त्रैमासिकमा अघिल्लो वर्षको भन्दा १२ प्रतिशतले घटेको छ भने यो वर्षमात्रै त्यहाँको मुद्रा रियालले २५ प्रतिशत भाउ गुमाएको छ । त्यस्तै आयात पनि १२ प्रतिशतले घटेको छ ।

ब्राजिली मुद्रा अवमूल्यन हुँदा अमेरिकी कम्पनीहरुबाट ऋण लिएका ब्राजिलियन कम्पनीहरुको ऋणभार बढिरहेको छ ।

धेरै विज्ञहरुले ब्राजिल अहिलेको आर्थिक संकटबाट अन्ततः माथि उक्लिन सक्ने ठहर गर्छन् तर अबका केही वर्ष भने ब्राजिल र राष्टपति रुसेफका लागि निकै कठीन हुनेछ ।

कतिपय विज्ञहरुले भने कालो बादलमा चाँदीको घेरा देखेका छन् । ब्राजिली रियालको अबमूल्यन त्यहाँको आर्थिक सुधारको एक अस्त्र बन्नसक्ने विश्वास छ उनीहरुको । ब्राजिली मुद्राको अवमूल्यनले त्यहाँको निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

विज्ञहरुका अनुसार एसिया तथा युरोपका विभिन्न देशहरुले समेत निर्यात प्रवर्द्धनका लागि आफ्नो मुद्राको अवमूल्यन गर्ने उपायको अबलम्बन गर्ने गरेका छन् । मुद्रा अममूल्यनका कारण उत्पादित वस्तुको अन्तराष्टिय मूल्य कम हुने हुनाले विदेशी क्रेताहरु आकषिर्त हुने र निर्यात बढ्नुका साथै स्थानीय उपभोक्ताहरु पनि स्वदेशी उत्पादनको प्रयोगतर्फ लाग्ने विज्ञहरुको ठहर छ । यो वर्ष ब्राजिलको निर्यात अघिल्लो वर्षको भन्दा ७ प्रतिशत बढ्ने अनुमान पनि गरिएको छ ।

तर तत्कालै उत्साहित ने भैहाल्नुपर्ने स्थिति भने छैन, किनकी ब्राजिलको आर्थिक भविष्यका लागि निर्यातको यो अंक आशाको त्यान्द्रो मात्र हो । अहिलेका लागि ब्राजिलको अर्थतन्त्र मन्दीमा देखिएको छ र विज्ञहरु यो अवस्था कम्तीमा पनि अर्को वर्षसम्म जारी रहने अनुमान गर्छन् ।

ब्रुकिंग इन्स्टिच्युटका ल्याटिन अमेरिकी विज्ञ ह्यारोल्ड ट्रिंकुनासका अनुसार अबका दुइचार वर्ष ब्राजिलका लागि केही अप्रिय हुनेछन् र सरकारले अझै सुस्तीको सामना गर्नुपर्नेछ ।

स्रोत : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment