Comments Add Comment

भैरहवामा निषेधाज्ञाको क्षेत्र बढाइयो

१६ भदौ, भैरहवा । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भैरहवा नगर क्षेत्रमा जारी गरेको निषेधाज्ञा आदेशको चौकिला क्षेत्र बढाएको छ । जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई विश्लेषण गरी निषेधाको क्षेत्र फराकिलो पारिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले बताए ।

Bhairahawa-Banda-Photo-Salm

यसअघि गौतमबुद्ध विमानस्थलस्थित मायादेवी चोकसम्म रहेको निषेधित क्षेत्रलाई संसोधन गरी मायादेवी चोकको पश्चिममा रहेको (बनगाई) घाघरा खोला पुलसम्म निषेधाज्ञा जारी गरिएको छ । यसैगरी भैरहवा उत्तरतर्फ नेपाल विद्युत प्राधिकरणको कार्यालयसम्म रहेको निषेधित क्षेत्रलाई संसोधन गरी अंचलपुरस्थित रिलायन्स पेट्रोलपम्पसम्म निषेधित क्षेत्र बढाएको छ ।

भैरहवा गत भदौ ३ गते बेलहियामा प्रहरी, बन्दको प्रतिकार समूह र बन्दकर्ताबीच झडप भएपछि स्थानीय प्रशासनले भदौ ५ गतेदेखि ३ चरणमा गरी भैरहवा नगर क्षेत्रलाई भदौ १८ गतेसम्म निषेधित क्षेत्र तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment