Comments Add Comment

अथेन्टिक र गन्तव्य कन्सल्टेन्सीका प्रमुख पक्राउ

१७ भदौ, काठमाडौं । विद्यार्थीहरुलाई अध्ययनका लागि पठाउने भन्दै ठगी गरेको आरोपमा अथेन्टिक र गन्तव्य कन्सल्टेन्सीका प्रमुख पक्राउ परेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पुतलीसडकस्थित गन्तव्य एजुकेशन फाउण्डेसनका सञ्चालक पिताम्वर पन्तलाई पक्राउ परेको हो ।

पन्तले लमजुङ गाउँशहरका २१ वषर्ीया सीमा थापा र सिरह पि्रपागाका आशाराम यादवलाई बेङ्गोरमा बी फार्मेसी पढ्न पठाइदिन्छु भन्दै ठगेको आरोप छ । पन्तले सीमाबाट १ लाख ९७ हजार र अनशारामबाट ३ लाख ९४ हजार लिएका थिए ।

यसैगरी अपराध महाशाखाको टोलीले पुतली सडकस्थित अथेन्टिक एजुकेशन इन्स्टिच्युटका सञ्चालक ४६ वर्षका मोहन ढकाललाई पनि पक्राउ गरेको छ ।

उनले मोरङ घर भई मैतिदेवी बस्ने भरत भट्टराईलाई डेजमार्क पठाउँछु भन्दै १ लाख ७७ हजार १५० रुपैयाँ लिएका थिए । दुबैलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment