Comments Add Comment

संविधान निर्माणको प्रक्रियामा भाग नलिने गच्छदार मोर्चाको घोषणा

Bijay Gachhadar

१९ भदौ, काठमाडौं । फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले संविधान निर्माणको कुनै पनि प्रक्रियामा भाग नलिने बताएको छ ।

सहमतिको प्रयासमा जुटेका गच्छदार शनिबार दिउँसो बसेको चार दलको बैठक छाडेर बाहिरिएका थिए ।

फोरम लोकतान्त्रिकका सभासद रामजनम चौधरीले अब आफूहरुले संविधानसभाको कुनै पनि प्रक्रियामा भाग नलिने अनलाइनखबरसँग बताए । ‘अब हाम्रो दलसहितको मोर्चाले संविधानसभाको कुनै पनि प्रक्रियामा भाग लिँदैनौं र संशोधन गर्दा गराउँदैनौं’ उनले भने-‘तीन दलले नै संविधान बनाओस् ।’

१६ बुँदे सहमति गर्दा यहाँसम्म ल्याएपछि आफूहरुलाई वाइपास गरेर सहमति गरेको र आफूहरुले उठाएको थारु लगायतको माग सम्बोधन नगरेको उनको आरोप छ । ‘साँझ तिरबाट हामीले तीन दललाई छोड्यौं’ उनले भने-‘तीन दलले संविधान बनाउन्छन् । हामी जनतामा जान्छौं ।’

गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चामा शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment