
१० चैत, सिन्धुपाल्चोक । निर्माण व्यावसायी संघ, सिन्धुपाल्चोकको छैठौं जिल्ला अधिवेशनबाट छत्र तामाङ अध्यक्षमा निर्वाचित भएका छन् ।
शुक्रबारदेखि सुरू अधिवेशनको दोस्रो दिन शनिबार पदाधिकारी तथा सदस्यहरु छनोटको लागि निर्वाचन भएको थियो । निर्वाचनमा आफ्ना प्रतिनष्पर्धी सगुन श्रेष्ठलाई पछाडि पार्दै तामाङ विजयी भएका हुन् । तामाङले २ सय २७ मत पाउँदा श्रेष्ठले मात्रै ८७ मत ल्याए ।
निर्माण व्यावसायी संघको निर्वाचनमा नेकपा, राप्रपा र नेपाली कांग्रेस विकास लामा समूह प्यानललाई खडा गराएको थियो । कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले भने सगुन श्रेष्ठ सहित केही पदाधिकारी र सदस्यहरुमा उमेदवार उठाएका थिए ।
प्रथम उपाध्यक्षमा फणीन्द्रप्रसाद दाहाल, द्वितीय उपाध्यक्ष साइला तामाङ र तृतीय उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । महासचिवमा भने जयचन्द्र लामा २ सय ४५ मत ल्याए विजयी भए ।
त्यसैगरी सचिवमा शिव श्रेष्ठ, कोषाध्यक्षमा चक्र केसी र सह कोषाध्यक्षमा जोगलाल तामाङ निर्विरोध भएका छन् । सदस्यहरुमा भने निर्वाचन भएको थियो । सदस्यहरुमा बालसुन्दर कटुवाल, घनश्याम नेपाल, रमेश राउत, हुपबहादुर खडका, भीमसेन खनाल र डबले तामाङ निर्वाचित भएका छन् ।
प्रतिक्रिया 4