Comments Add Comment

थारुको माग सम्बोधन गर्न कांग्रेसलाई एमाओवादीको आग्रह

susil-prachanda

२१ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीले थारु लगायतका आन्दोलनकारीको माग सम्बोधन गर्न नेपाली कांग्रेसलाई आग्रह गरेको छ ।

एमाओवादी अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले सोमबार प्रधानमन्त्री सुशील कोइरालासहित कांग्रेस नेताहरुलाई भेटेका थिए ।

बालुवाटारमा भएको भेटमा एमाओवादी नेताहरुले थारु आन्दोलनकारहीको माग सम्बोधन गरेर फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई संविधान निर्माण प्रक्रियामा सहभागी गराउनु पर्ने बताएका छन् ।

मधेसी मोर्चाका नेताहरुसँग पनि वार्ता मार्फत निकास खोज्न एमाओवादीले आग्रह गरेको छ ।

सहमतिको प्रयास थाल्न प्रधानमन्त्री कोइराला सकारात्मक देखिएका छन् । कांग्रेस र एमाओवादी दुबैले एमालेसँग छलफल गर्ने र मंगलबार गच्छदारसँग वार्ता गर्ने सहमति भएको नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment