Comments Add Comment

संघीय निजामती सेवा ऐनको बिरोधमा रुपन्देहीका स्वास्थ्यकर्मी

१४ चैत, बुटवल । रुपन्देही जिल्लामा चौथो तहका स्वास्थ्यकर्मीले प्रस्ताबित संघीय निजामती सेवा ऐन २०७५ को बिरोध गरेका छन् ।

स्वास्थ्य मन्त्रालयअन्तर्गत रुपन्देही जिल्लाका बिभिन्न अस्पताल, तथा स्वास्थ्य संस्थाहरुमा कार्यरत चौथो तहका स्वास्थयकर्मी कर्मचारीहरुले प्रस्ताबित संघीय निजामती सेवा ऐन २०७५ले आफूहरुको अधिकार खुम्चिनेे भन्दै पुनराबलोकन गर्न आग्रह गरेका हुन् ।

कर्मचारीले यसअघि स्वास्थ्य सेवा ऐन २०५३ अनुसारनै पाउँदै आएको सेवा सुबिधा अब आउने संघीय निजामती सेवा ऐनले कटौती गर्ने देखिएको भन्दै पुरानै ऐन अनुसारको सेवा सुबिधा सुनिश्चित गर्न माग गरेका छन् ।

‘हामीहरुको माग भनेको पुरानै ऐन २०५३ अनुसार काम हुनु पर्‍यो, हामीहरु २०५३ ऐन अनुसारनै सेवा प्रबेश गरेको र अब ल्याउन लागेको संघीय निजामती ऐनले धेरै सेवा सुबिधा कटौती गरेको छ । त्यसमा हाम्रो बिरोध हो, २०५३ अनुसारनै हामीले पाउँदै आएको सेवा सुबिधा सुनिश्चित हुनु पर्छ,’ झगावा स्वास्थय चौकीका अहेब वीरेन्द्रकुमार कोहारले भने ।

रुपन्देही जिल्लामा यो तहमा १५० बढी स्वास्थ्यकर्मी कार्यरत रहेको र आफूहरुले उठाउँदै आएको मुद्धा सम्बोधन नभए कडा संघर्षमा उत्रने हाटीबनगाइ स्वास्थ्य चौकीका अहेब खुमराज गैरेले चेतावनी दिए ।

 

उनीहरुले प्रस्ताबित संघिय निजामती ऐनमा रहेका दफा ८ को उपदफाहरु १०, १२, २७ र २८ संसोधन गरी ऐन २०५३ अनुसारका बुँदाहरु राख्न जोडदार माग गरेका छन् ।
स्वास्थ्यकर्मीहरुले जिल्ला स्वास्थ्य कार्यालय रुपन्देही भैरहवामा गएर माग सम्बोधन गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

कार्यालयका निमित्त कार्यालय प्रमुख ओमप्रकाश गुप्तालाई ज्ञापनपत्र बुझाउँदै स्वाथ्यकर्मीले चौथो तहका कर्मचारीहले देशैभरीबाट आवाज उठाइरहेकाले माग उपर सम्बोधन गर्नु पर्ने बताएका छन् ।

ज्ञापनपत्र बुझ्दै निमित्त प्रमुख गुप्ताले ज्ञापनपत्रलाई सम्बन्धित निकायमा पठाउँदै समस्या समाधान गर्न सक्दो पहल गर्ने जनाए ।

स्वास्थ्य मन्त्रालय अन्तरगत रुपन्देही स्वास्थ्यकर्मी चौथो तहका कर्मचारीहरु वीरेन्द्रकुमार कोहार, खुमराज गैरे, महेन्द्र अर्यालको नेतृत्वमा १९ कर्मचारी ज्ञापनपत्र बुझाउन गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment