+
+

संविधानसभाको बैठक दिउँसो २ बजेसम्मलाई सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २२ गते ८:०१
फाइल तस्वीर
फाइल तस्वीर

२२ भदौ, काठमाडौं । मंगलबार बिहान ११ बजेका लागि बोलाइएको संविधानसभाको बैठक दिउँसो दुई बजेका लागि सरेको छ । संविधानसभा सचिवालयका सहप्रवक्ता सुदर्शन कुँइकेलले बैठक दिउँसो दुई बजेसम्मका लागि सारिएको जानकारी दिए ।

मंगलबारको बैठकमा संविधानसभामा नयाँ संविधानको विधेयकमाथि परेका संशोधन प्रस्तावका बारेमा छलफल हुने कार्यसूची रहेको छ ।

बैठकमा संशोधन दर्ता गराउने सभासदलाई क्रमसंख्याका आधारमा पालैपालो संशोधन प्रस्तुत गर्न दिने तयारी भएको संविधानसभा सचिवालयले जनाएको छ । सचिवालयमा दर्ता भएको क्रमअनुसार संशोधनदर्ता दललाई बैठकमा संशोधन पेस गर्न दिने तयारी रहेको छ ।

भदौभित्र संविधान जारी गर्ने लक्ष्यसहित संविधानसभामा छलफल अगाडि बढाउने संविधानसभा अध्यक्ष सुवास नेम्वाङको तयारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?