+
+

पत्रकार प्रधानलाई आर्थिक सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २२ गते १३:३०

२२ भदौ, इटहरी । मधुमेह र उच्च रक्तचापले पीडित पत्रकार याम प्रधानलाई सुनसरीको इटहरीमा क्रियाशील संस्था र व्यक्तिले मंगलबार आर्थिक सहयोग प्रदान गरेका छन् ।

Yam Pradhan lai Aarthik Sahayogविश्व आदर्श कलेज तथा उच्च माविले १० हजार, नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाले ७ हजार र समाजसेवी तथा रेडक्रस इटहरी उपशाखाका अध्यक्ष बिमल पौडेलले व्यक्तिगत रुपमा १० हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

रकम र चेक एक कार्यक्रमकाबीच नेपाल पत्रकार माहासंघ सुनसरी शाखाका उपाध्यक्ष वेदराज पौडेललाई समाजसेवी पौडेल र विश्व आदर्श कलेज सञ्चालक समितिका अध्यक्ष लक्षमण सिवाकोटीले संयुक्तरुपमा हस्तान्तरण गरे ।

काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पत्रकार प्रधानको उपचार भैरहेको छ । धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रातिष्ठानमा उपचार हुन नसकेपछि उनलाई थप उपचारकालागि काठमाडौं लगिएको हो ।
– सन्तोष यादवबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?