+
+

सुशील, शेरबहादुर र रामचन्द्रलाई नाम फेर्न खुमबहादुरको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २३ गते १६:५६

२३ भदौ, काठमाडौं । नेपाली काग्रेसका नेता एवम सनातन हिन्दु राष्ट्र महाअभियानका संयोजक खुमबहादुर खड्काले पार्टी सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा तथा उपसभापति रामचन्द्र पौडेललाई नाम परिवर्तन गर्न सुझाव दिएका छन् ।

Khum Bahadur Khadkaराजधानीमा बुधबार आयोजित एक कार्यक्रममा खड्काले तीन नेताको नाम पनि सिफारिस गरेका छन् । खड्काले सभापति कोइरालाको नाम पिटर, देउवाको नाम मिटर र पौडेललाई टोनी नाम राख्न सुझाव दिए ।

खड्काले कम्युनिष्टहरुले मात्रै धर्म नमान्ने बताउँदै भने-‘ यदि विदेशीको पुच्छर बनेर डलर खाएर नेता भएको हो भने तपाईहरु कोइराला, देउवा र पौडेल नलेख्नुस पीटर मिटर र टोनी राख्नुस । हिन्दु बाबु आमाको कोखबाट जन्मिएर त्यस्तो गर्दा सम्पूर्ण हिन्दुको अपमान हुन्छ ।’

हिन्दु धर्मको रक्षाले मात्रै सिंगो मुलुकको रक्षा हुने खड्काको भनाइ थियो । उनले वीपी कोइरालाको विचार बेचेर सत्तामा पुगेर त्यसकै बेईज्जत गरिरहेको आरोप लगाउँदै भने-भोली जनताले यी नेतालाई धिक्कार्छन । आउने दिनमा यी नेता बढारिन्छन र पार्टीमा नयाँ नेतृत्व आउँछ ।

मुलुक संकटमा भएको बेला बहुमतको धाक धक्कु लगाएर संविधान ल्याउन नहुने तर्क गरे । उनले भने भने-अहिले संविधान गौण कुरा हो । महत्वपूर्ण कुरा भनेको हाम्रो राष्ट्र हो । भोलीको दिन अझै भयावह हुन्छ । स्वतन्त्र मधेसको आवाज प्रवल भयो भने देश विखण्डन हुन सक्छ । जवरजस्ती संविधान जारी गरेर हुँदैन ।

खड्काले एक महिनासम्म संविधानसभा स्थगित गरेर सबैसँग सल्लाह गरेर संविधान बनाउन सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?