+
+

जनकपुरमा अनिश्चितकालीन कर्फ्यू

२५ भदौ, जनकपुर । जनकपुरमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गर्न लागेको प्रदर्शनलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले जनकपुरमा कर्फ्यू जारी गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २५ गते १०:३६

वीरेन्द्र रमण

२५ भदौ, जनकपुर । जनकपुरमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गर्न लागेको प्रदर्शनलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले जनकपुरमा कर्फ्यू जारी गरेको छ ।Jankpur

कर्फ्यू बिहान ६ बजेदेखि जनकपुर नगरपालिकाको सम्पूर्ण क्षेत्रमा कर्फ्यू जारी गरेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

मोर्चाले गाउँ गाउँबाट मानिसहरुलाई जनकपुरमा ल्याउने तयारी गरेपछि स्थिति विग्रन नदिन स्थानीय प्रशासनले सतर्कता बढाएको हो ।

कर्फ्यूको उलंघन

यसैबीच आन्दोलनरत मोर्चाका कार्यकर्ताले बिहानै कर्फ्यू घोषणा गरेको क्षेत्रमा टायर बालेर कर्फ्यूको उलंघन गरेका छन् । मोर्चा कार्यकर्ताले जनकपुरको रामानन्द चोक, क्याम्पस चोक, बजरंग चोक, लक्ष्मण अखारा, पुरानो बसर्पाक, भानुचोक, महावीर चोकलगायतका स्थानमा टायर बालेर प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा रहेका आन्दोलनकारीलाई सुरक्षाकर्मीले तितरवितर पारेका थिए । प्रदर्शनकारीलाई भगाउने क्रममा प्रहरीले केही सेल अश्रुग्यास प्रहार गर्नुका साथै केही राउन्ड हवाई फायर पनि गरेको थियो ।

प्रदर्शनकारीलाई प्रहरीले तितरवितर पारेपनि मोर्चाका कार्यकर्ताले दिउँसो दुई बजे कर्फ्यू उलंघन गर्ने तयारी गरेका छन् । उनीहरुले ‘भरु जनकपुर चलु जनकपुर’ भन्ने नाराका साथ गाउँ गाउँमा गएर स्थानीयबासीहरुलाई जनकपुर जान आग्रह गरिरहेका छन् ।

पछिल्लो दिनमा जनकपुरमा झडपहरु बढेको छ । मधेसी मोर्चाका कार्यकताले कांग्रेस कार्यालयमा आगजनी गरेका थिए भने एमाले कार्यालयमा पनि आगजनीको प्रयास गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?