Comments Add Comment

प्रक्रिया रोकेर वार्ता गर्न प्रधानमन्त्रीलाई कांग्रेसका युवा नेताहरुको दबाव

२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरुले संविधानसभाको प्रक्रिया रोकेर आन्दोलनरत पक्षसँग वार्ता गर्न पार्टी नेतृत्वलाई दबाव दिएको छ ।

Pradip-Poudelकांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष र महामन्त्रीहरुको बैठकले वार्ताको वातावरण बनाउन पार्टी सभापति एवं प्रधानमन्त्री सुशील कोइरालालाई आग्रह गर्ने निर्णय गरेको छ ।

पार्टी सभापतिलाई भेट्न नेवि संघका पूर्व अध्यक्ष र महामन्त्रीहरु बालुवाटार पुगेका छन् ।

बालुवाटारमा रहेका पूर्व अध्यक्ष प्रदिप पौडेलले अनलाइनखबरसँग भने-छिटो संविधान जारी गनुपर्छ । तर, विभिन्न ठाउँमा भइरहेको आन्दोलनले उठाएको मुद्धा सम्बोधनका लागि वार्ताको वातावरण बनाउन पार्टी नेतृत्वलाई आग्रह पनि गरेका छौं ।’
कांग्रेसका मधेसी र जनजाति सभासदहरुले पनि प्रक्रिया रोकेर भएपनि आन्दोलनरत पक्षसँग वार्ता गर्न दबाव दिँदै आएका छन् ।
तर, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री कृष्ण सिटौला लगायतका नेताहरुले कुनै हालतमा प्रक्रिया रोक्न नहुने पक्षमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment