+
+

प्राविधिक संघले बोलायो असोज २३ मा साधारण सभा

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २५ गते १५:१७

नेपाल चलचित्र प्राविधिक संघले असोज २३ गते साधारण सभा बोलाएको छ । असोजको पहिलो साता अवार्ड कतारमा सम्पन्न गरे लगतै प्राविधिकहरुको साधारण सभा बोलाइएको महासचिव अनन्त तिमिल्सिनाले जानकारी दिएका छन् ।

३ बर्ष अगाडि मनोज केसीको अध्यक्षतामा नेफ्टाले नयाा कार्यसमिती पाएको थियो । अब, यो कार्यसमितीको अवधी सकिएकाले पनि असोज २३ गतेको साधारण सभा चुनावी सभामा परिणत हुन सक्ने तिमिल्सिनाको भनाई छ ।

३ बर्षको कार्यकालमा अध्यक्ष केसी र उनको टिमले विभिन्न कार्य गर्नुको साथै ३ पटक विदेशमा अवार्ड आयोजना पनि गरेको छ । यसैले पनि अवार्ड सकिए लगतै नेफ्टालाई चुनावी सरगर्मीले छुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?