Comments Add Comment

मस्जिदमा क्रेन खस्दा ८७ को मृत्य, नेपाली तीर्थयात्री सुरक्षित

saudi-masjid crane colapsएन पी प्रधान (भरत)

साउदी अरब । मुसलमानहरुको प्रसिद्ध तीर्थस्थल साउदी अरेवियाको मक्कास्थित मस्जिदमा क्रेन खस्दा ८७ जना तीर्थयात्रीको मृत्यु भएको छ भने दुई सय बढि घाइते भएका छन् ।

मस्जिदमा सयौं मानिसहरुले शुक्रवारको प्रार्थना गरिरहेकाबेला दिउँसो एक्कासी आएको भारी वर्षा र हावाहुरीका कारण मस्जिदमाथि रहेको क्रेन खसेर दुर्घटना भएको हो । घटनामा परी ज्यान गुमाउनेहरु कुन मूलुकका नागरिक हुन् भन्ने एकिन बिवरण आईनसकेको साउदी सरकारले जनाएको छ ।

घटनामा परी भारतीय, पाकिस्तानी, श्रीलंकन, मलेसियन, बंगलादेशी मुलुकका नागरिकहरु घाइते भएको बताईएको छ । स्रोतका अनुसार क्रेन खसेको ठाउँमा इरानी नागरिकहरु रहेका थिए ।

घटना पश्चात उद्धारका लागी साउदी सरकारले तत्कालै आपतकालीन टोली खटाएको छ । उद्धारका लागी ३९ वटा एम्बुलेन्स र स्वाथ्यकर्मीहरु खटाईएको जनाईएको छ । साउदीमा हज गर्न गएका नेपालीहरु भने सबै जना सकुशल रहेको सुरक्षा अधिकारीहरुलाई उद्धृत गर्दै साउदीस्थित दूतावासले जनाएको छ ।

नेपाली राजदुतावास साउदीका कार्यबाहक राजदुत आनन्दप्रसाद शर्माका अनुसार हजका लागि अहिलेसम्म ६ सय २० जना नेपाली मुस्लिमहरु साउदी आईसकेको भए पनि सो घटनाबाट सबै नेपाली तीर्थयात्रीहरु सुरक्षित रहेका छन् ।

विश्वका मुस्लिम समुदायहरुको सबैभन्दा ठूलो पबित्र तिर्थ स्थलका रुपमा रहेको उक्त मस्जिद क्षेत्रलाई बिस्तार गर्ने कार्य भईरहेकोले मस्जिदमाथि क्रेन रहेको थियो । निर्माण कार्यका लागि मस्जिदको एक भागमा ठड्याइएकोे ठूलो क्रेन त्यहाँको मस्जिदको खसेको थियो ।

विश्वभरबाट हजका लागि यहाँ आउने लाखौं मुसलमानहरुलाइ हज यात्राका लागी स्वागतको तयारी भइरहेको थियो । हज सुरु हुन १० दिन बाँकी रहँदा हजका लागि विश्वभरबाट अहिलेसम्म दश लाख मानिसहरु साउदी आईसकेको मस्जिदका ब्यवस्थापकहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment