Comments Add Comment

कुन बिकास बैंकको चुक्ता पुँजी कति ? कति थप्नु पर्ने ? (सूचीसहित)

पुष्प दुलाल

२७ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले ०७४ असार मसान्तभित्र बैंक तथा वित्तीय संस्थाहरुले पुर्‍याउनु पर्ने चुक्ता पुँजी तोकेर चालू आर्थिक वर्षको मौद्रिक नीति ल्याएपछि वित्तीय क्षेत्रमा लगानी गर्ने प्रवर्द्धकहरुले ठूलै भूइँचालोको महशुस गरे ।

images३०को संख्यामा रहेका वाणिज्य बैंकमध्ये दर्जन बढीलाई नै राष्ट्र बैंकको तोकेको चुक्ता पुँजी पुर्‍याउन कठिन भइरहेका बेला विकास बैंकहरुको अवास्था कस्तो होला ? भनेर हामीले विश्लेषण गरेका छौं ।

२४ वटा राष्ट्रियस्तर र ३१ वटा ४ देखि १० जिल्ला कार्यक्षेत्र भएका र ११ वटा एक जिल्ले गरी देशमा हाल ७७ वटा विकास बैंक सञ्चालनमा छन् ।

०७२ असार मसान्तसम्ममा उनीहरुको चुक्ता पुँजी २४ अर्ब रुपैयाँ छ । संख्या नघटाई राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्‍याउन विकास बैंकका लगानीकर्ताहरुले आगामी दुई वर्षभित्रमा ५९ अर्ब रुपैयाँ चुक्ता पुँजी थप गर्नुपर्ने देखिन्छ ।

क्र सं. नाम हालको चुक्ता पुँजी थप्नु पर्ने पुँजी
एनआइडिसी डेभलपमेन्ट बैंक ४१ करोड ५८ लाख २ अर्ब ८ करोड ४१ लाख
सिद्धार्थ डेभलपमेन्ट बैंक ६४ करोड ५० लाख १ अर्ब ८५ करोड ५० लाख
यति डेभलपमेन्ट बैंक १ अर्ब ३८ करोड ६२ लाख १ अर्ब ११ करोड ३८ लाख
त्रिवेणी डेभलपमेन्ट बैंक ७४ करोड १ अर्ब ७६ करोड
सुपि्रम डेभलपमेन्ट बैंक ८१ करोड १६ लाख १ अर्ब ६८ करोड ८३ लाख
सांगि्रला डेभलपमेन्ट बैंक ७३ करोड ६० लाख १ अर्ब ७६ करोड ४० लाख
गोर्खा डेभलपमेन्ट बैंक १९ करोड ८२ लाख २ अर्ब ३० करोड १७
इन्प|mस्टक्चर डेभलपमेन्ट बैंक ८२ करोड ७५ लाख १ अर्ब ६७ करोड २४ लाख
बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंक ९३ करोड ४६ लाख १ अर्ब ५६ करोड ५३ लाख
१० सोसाइटी डेभलपमेन्ट बैंक ८९ करोड ७९ लाख १ अर्ब ६० करोड २० लाख
११ एनडीइपी डेभलपमेन्ट बैंक ५८ करोड २४ लाख १ अर्ब ९१ करोड ७५ लाख
१२ क्लिन इनर्जी डेभलपमेन्ट बैंक १ अर्ब २६ करोड १ अर्ब २४ करोड
१३ मुक्तिनाथ विकास बैंक ६४ करोड १ अर्ब ८६ करोड
१४ एस डेभलपमेन्ट बैंक ८८ करोड ५३ लाख १ अर्ब ६१ करोड ४६ लाख
१५ काष्ठमण्डप डेभलपमेन्ट बैंक ६८ करोड १ अर्ब ८३ करोड
१६ गरिमा विकास बैंक ७० करोड १ अर्ब ८० करोड
१७ विश्व विकास बैंक ८१ करोड ६२ लाख १ अर्ब ६८ करोड ३८ लाख
१८ ज्योति विकास बैंक ८४ करोड ७२ लाख १ अर्ब ६५ करोड २७ लाख
१९ इन्टरनेसनल डेभलपमेन्ट बैंक ७० करोड ४० लाख १ अर्ब ७९ करोड ६० लाख
२० टुरिजम डेभलपमेन्ट बैंक ९१ करोड ७० लाख १ अर्ब ५८ करोड २९ लाख
२१ कैलास विकास बैंक ८९ करोड ५४ लाख १ अर्ब ६० करोड
२२ एपेक्स डेभलपमेन्ट बैंक ८९ करोड ५३ लाख १ अर्ब ६० करोड ४६ लाख
२३ रिलायवल डेभलपमेन्ट बैंक ६६ करोड ६५ लाख १ अर्ब ८३ करोड ३४  लाख
२४ भिवोर विकास बैंक ९१ करोड ७० लाख १ अर्ब ५८ करोड २९ लाख
कूल १८ अर्ब ६९ करोड ४१ अर्ब ४१ करोड

विकास बैंकहरुले औषतमा हाल कायम रहेको चुक्ता पुँजीको अढाई सय प्रतिशतले पुँजी वृद्धि गर्नुपर्ने देखिएको छ । संस्थागतरुपमा हेर्ने हो भने केही विकास बैंकले २५ सय प्रतिशतसम्म पुँजी थप्नुपर्ने देखिन्छ ।

संस्थागतरुपमा हेर्ने हो भने केही विकास बैंकहरूले २५ सय प्रतिशतसम्म पुँजी थप्नुपर्ने देखिन्छ ।

राष्ट्रियस्तरका २४ विकास बैंकले ०७२ असार मसान्तसम्ममा १८ अर्ब ५९ करोड रुपैयाँ चुक्ता गरिसकेका छन् । संख्या नघटाइ पुँजी थप्ने हो भने आगामी दुई वर्षभित्र उनीहरुले ४१ अर्ब ४१ करोड रुपैयाँ चुक्ता पुँजी थप्नुपर्ने छ । राष्ट्रियस्तरका विकास बैंकहरुले न्यूनतम चुक्ता पुँजी आगामी दुई वर्षभित्र २ अर्ब ५० करोड रुपैयाँ पुर्‍याउनुपर्ने छ । हाल उनीहरुको न्यूनतम चुक्ता पुँजी ६४ करोड रुपैयाँ छ ।

त्यसैगरी, ४ देखि १० जिल्ला कार्यक्षेत्र भएका विकास बैंकहरुले ३१ वटा बैंकले ४ अर्ब ६५ करोड रुपैयाँ पुँजी चुक्ता गरिसकेका छन् । संख्या नघटाई पुँजी थप्ने हो भने उनीहरुले आगामी दुई वर्षभित्रमा १२ अर्ब १२ करोड रुपैयाँ चुत्ता पुँजी थप गर्नुपर्ने छ । ४ देखि १० जिल्ला कार्यक्षेत्र भएका विकास बैंकहरुले ०७४ असार मसान्तसम्ममा न्यूनतम चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी पुर्‍याउनु पर्ने भएको हो ।

चार देखि दश जिल्ला कार्यक्षेत्र भएका विकास बैंकहरूको चुक्ता पुँजी कति ? र, दुर्इ वर्षभित्र कति थप्नु पर्ने ?

क्र सं. नाम हालको चुक्ता पुँजी थप्नु पर्ने पुँजी
२५ मालिका विकास बैंक २४ करोड २५ लाख ९५ करोड ७४ लाख
२६ पश्चिमाञ्चल डेभलपमेन्ट बैंक ३३ करोड ६५ लाख ८६ करोड ३४ लाख
२७ भृकुटी डेभलपमेन्ट बैंक ५२ करोड १२ लाख ६७ करोड ८७ लाख
२८ गण्डकी डेभलपमेन्ट बैंक ३५ करोड २० लाख ८४ करोड ८० लाख
२९ बिराटलक्ष्मी विकास बैंक ३४ करोड ३ लाख ८५ करोड ९७ लाख
३० अरनिको डेभलपमेन्ट बैंक २३ करोड ४३ लाख ९६ करोड ५६ लाख
३१ सेवा विकास बैंक ३६ करोड ६ लाख ८३ करोड ९४ लाख
३२ प्रोफेसनल दियालो विकास बैंक २२ करोड ९८ करोड
३३ कन्ट्री डेभलपमेन्ट बैंक ३२ करोड ८८ करोड
३४ सिटी डेभलपमेन्ट बैंक ४६ करोड ८१ लाख ७३ करोड ७८ लाख
३५ कामना विकास बैंक २७ करोड ८३ लाख ९२ करोड १७ लाख
३६ पाथिभरा डेभलपमेन्ट बैंक १४ करोड १४ लाख १ अर्ब ५ करोड ८५ लाख
३८ साइन रेसुङ्ग विकास बैंक ६३ करोड ३३ लाख ५६ करोड ६६ लाख
३९ एकता विकास बैंक २० करोड १ अर्ब
४० नारायणी डेभलपमेन्ट बैंक ५ करोड ५६ लाख ४४ करोड ४४ लाख
४१ सहयोगी विकास बैंक २० करोड १५ लाख २९ करोड ८५ लाख
४२ कणर्णाली विकास बैंक ८ करोड ४२ करोड
४३ शुभेच्छा विकास बैंक १५ करोड ३५ करोड
४४ एक्सल डेभलपमेन्ट बैंक २० करोड २५ लाख २९ करोड ७५ लाख
४५ वेस्टर्न डेभलपमेन्ट बैंक १३ करोड ३७ करोड
४६ मितेरी डेभलपमेन्ट बैंक १६ करोड २५ लाख ३३ करोड ७५ लाख
४७ तिनाउ विकास बैंक १८ करोड ५१ लाख ३१ करोड ४९ लाख
४८ कन्काइ विकास बैंक १० करोड ४० करोड
४९ महाकाली विकास बैंक १२ करोड ७२ लाख ३७ करोड २८ लाख
५० भार्गब विकास बैंक १० करोड ४० करोड
५१ अल्पाइन डेभलपमेन्ट बैंक ११ करोड ८० लाख ३८ करोड २० लाख
५२ कर्पोरेट डेभलपमेन्ट बैंक २० करोड ३० करोड
५३ पुणिर्मा विकास बैंक १६ करोड ३६ लाख ३३ करोड ६४ लाख
५४ कञ्चन डेभलपमेन्ट बैंक १३ करोड २० लाख ३६ करोड ८० लाख
५५ इनोभेटिभ डेभलपमेन्ट बैंक १५ करोड ३५ करोड
५६ मेट्रो डेभलपमेन्ट बैंक १८ करोड ५७ लाख ३१ करोड ४३ लाख
५७ राप्तीभेरी विकास बैंक १२ करोड ५० लाख ३७ करोड ५० लाख
५८ मिशन डेभलपमेन्ट बैंक ११ करोड ५० लाख ३८ करोड ५० लाख
५९ सिन्धु विकास बैंक १० करोड ७५ लाख ३९ करोड २५ लाख
६० नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक १० करोड ४० करोड
६१ मनास्लू विकास बैंक १६ करोड १७ लाख ३३ करोड ८३ लाख
६२ कालिञ्चोक डेभलपमेन्ट बैंक १० करोड ४० करोड
६३ सप्तकोशी डेभलपमेन्ट बैंक १० करोड ४० करोड
६४ साझा विकास बैंक १० करोड ४० करोड
६५ ग्रीन डेभलपमेन्ट बैंक ५ करोड ५० लाख ४४ करोड ५०
कूल ४ अर्ब ६५ करोड १२ अर्ब १२ करोड

त्यसैगरी १ जिल्ला कार्यक्षेत्र भएका विकास ११ विकास बैंकहरुले हालसम्म ५६ करोड ३० लाख रुपैयाँ पुँजी चुक्ता गरिसकेका छन् । संख्या नघटाइ पुँजी थप्ने हो भने आगामी दुई वर्षभित्र उनीहरुले ५ अर्ब ७० करोड ३० लाख रुपैयाँ चुक्ता पुँजी थप गर्नुपर्ने भएको छ । यो औषतमा साढे पाँच सय प्रतिशतले बढी हो ।

सञ्चालनमा रहेका ३० वाणिज्य बैंकहरुले ९१ अर्ब १४ करोड रुपैयाँ पुँजी चुक्ता गरिसकेका छन् । संख्या नघटाई पुँजी बढाउने हो भने उनीहरुले आगामी दुई वर्षभित्र १ खर्ब ४८ अर्ब ८६ करोड रुपैयाँ चुक्ता पुँजी थप गर्नुपर्ने हुन्छ । हाल वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी २ अर्ब छ । आगामी दुई वर्षभित्र यस्तो पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने राष्ट्र बैंकको घोषणा छ ।

हाल सञ्चालनमा रहेका ३० वाणिज्य बैंक र ७७ विकास बैंकहरुले मात्रै १ खर्ब २० अर्ब रुपैयाँ पुँजी चुक्ता गरिसकेका छन् । संख्या नघटाइ राष्ट्र बैंकले तोकेको पुँजी पुर्‍याउन आगामी दुई वर्षभित्र उनीहरुले २ खर्ब ६७ अर्ब रुपैयाँ पुँजी थप गर्नुपर्ने छ ।

विकास बैंकको संख्या २० मा झर्ने

सबै विकास बैंकले पुँजी पुर्‍याउने डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष कृष्णराज लामिछानेले बताए । ‘एक्लैले आफ्नै स्रोत र साधनले पुँजी पुर्‍याउन संभव छैन । पुँजी वृद्धिको विकल्प मर्जर नै हो ।’ लामिछानेले भने- ‘७७ वटा विकास बैंकको संख्या दुई वर्षभित्र २० वटाभन्दा कम हुन्छ ।’

१० जिल्ले बैंकहरुले चाहीँ आफ्नै स्रोतले पुँजी पुर्‍याउन सक्ने संभावना रहेको उनले बताए । अहिले नै ४/५ वटा बैंक मर्जरको प्रक्रियामा रहेको र विषेश व्यवस्था अनुसार स्थापित भएका एकजिल्ले बैंकलाई छुट्टै व्यवस्था भएपछि बाँकी रहेका ६० वटा बैंकहरु मर्जरमा जानुपर्ने उनको भनाई थियो ।
‘पहिला हामीलाई लागेको थियो कि यत्रो पुुँजी कसरी पुर्‍याउन सकिन्छ । तर, बाध्यता परेपछि प्रयास गर्नै पर्दो रहेछ ।’ उनले भने ।

कुन एक जिल्ले बैंकको चुक्ता पुँजी कति ? दुर्इ वर्षभित्र कति थप्नुपर्ने ?

क्र सं. नाम हालको चुक्ता पुँजी थप्नु पर्ने पुँजी
६६ काबेली विकास बैंक ४ करोड १३ लाख ४५ करोड ८७
६७ बाग्मती डेभलपमेन्ट बैंक ५ करोड ४५ करोड
६८ हाम्रो विकास बैंक १० करोड ६४ लाख ३९ करोड ३६ लाख
६९ कााक्रेबिहार विकास बैंक ४ करोड ४६ करोड
७० प्यासिफिक डेभलपमेन्ट बैंक ९ करोड ४१ करोड
७१ मातृभूमि विकास बैंक ५ करोड ४५ करोड
७२ झिम्रुक विकास बैंक ५ करोड ४५ करोड
७३ गौमूखी विकास बैंक ४ करोड ४९ लाख ४५ करोड ५१ लाख
७४ माउन्ट मकालु डेभलपमेन्ट बैंक २ करोड ४८ करोड
७५ सहारा विकास बैंक २ करोड ४८ करोड
७६ कसमस डेभलपमेन्ट बैंक ४ करोड  ३७ ४५ करोड ६३
७७ सफल विकास बैंक १ करोड ४० लाख ४८ करोड ६०
कूल ५६ करोड ३० लाख ५ अर्ब ७० करोड ३० लाख

सम्बन्धित समाचारहरू

कुन बैंकको चुक्ता पुँजी कति ? आठ अर्ब पुर्‍याउन कति थप्नु पर्ने ?

बैंकको चुक्ता पुँजी वृद्धि : कांग्रेस र एमालेका सांसदबीच तीब्र मतभेद 

बैंकको चुक्ता पुँजी बढाउन ‘फाष्ट ट्रयाक’ विधि अपनाइने

सार्कमा कुन देशका बैंकको चुक्ता पुँजी कति ?

उदार गभर्नर कठोर ! दुर्इ वर्षमा वाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्ब 

स्प्रेडले घटायो ठूला बैंकको नाफा, कुन बैंकले कति कमाए ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment