Comments Add Comment

स्प्रेडले घटायो ठूला बैंकको नाफा, कुन बैंकले कति कमाए ?

पुष्प दुलाल

३२ साउन, काठमाडौं । नयाँ र साना बैंकले नाफा बढाए पनि पुराना र ठूला बैंकहरुको नाफा बढ्न सकेन । नियामक राष्ट्र बैंकले निक्षेपमा दिने र कर्जामा लिने व्याजदर बीचको अन्तर (स्प्रेड दर) पाँच प्रतिशतभन्दा बढी राख्न नहुने व्यवस्था गरेपछि ठूला तथा पुराना बैंकको नाफामा त्यसको असर परेको हो । स्प्रेड दर घटाउँदा खुद व्याज आम्दानी घट्न गई नाफा पनि घटेको हो ।banks prorits

स्प्रेडको चापमा परेका बैंकहरू बैशाख १२ गतेको महामभूकम्पबाट पनि प्रभावित भए । यद्यपि बैंकहरूको प्रगति सन्तोषजनक नै छ । अार्थिक वर्ष नाघेको ३५ दिन भित्र वित्तीय विवरण सार्वजानिक गर्नुपर्ने नियम छ । हिमालयन, जनता, सेञ्चुरी र ग्रान्डबाहेक २६ वटा वाणिज्य बैंकले अाइतबारसम्ममा आर्थिक वर्ष २०७१/०७२ को अपरिस्कृत वित्तीय विवरण सार्वजानिक गरेका छन् ।  हेर्नुहोस्, कुन बैंकले कस्तो वित्तीय विवरण सार्वजानिक गरे ?

Rbbराष्ट्रिय वाणिज्य बैंक

अघिल्लो वर्ष १ अर्ब ८३ करोड रुपैयाँ नाफा कमाएको यो बैंकले गत वर्ष ४ अर्ब ५० करोड रुपैयाँ कमाएर सबैभन्दा धेरै नाफा कमाउने बैंकमा पर्न सफल भएको छ । बैंकको नाफामध्ये २ अर्ब २० करोड रुपैयाँ इन्भेष्टमेन्ट बैंकको सेयर बेचेर गरेको आम्दानी हो । बैंकको खुद व्याज आम्दानी बढेपछि नाफा बढेको वित्तीय विवरणमा उल्लेख छ । (यो पनि पढ्नुहोस्  डुबेको वाणिज्य  बैंक एक दशकमै यसरी भयो नम्बर एक )

Nabil-Bank-नविल बैंक

आर्थिक वर्ष २०७०/०७१ मा २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले ०७१/०७२ मा २ अर्ब ९ करोड रुपैयाँ मात्रै कमाएको छ । एक वर्षको अवधिमा बैंकको खुद व्याज आम्दानी १७ करोड रुपैयाँले घटेको छ । ०७१ असार मसान्तमा ५.७१ प्रतिशत रहेको स्प्रेड दर ०७२ असार मसान्तमा ४.५५ प्रतिशतमा झरेको छ । यस अवधिमा बैंकले १ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ६७ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । पाँच वर्षदेखि लगातार नाफाका आधारमा पहिलो नम्बरमा रहेको यो बैंक गत वर्ष भने दोस्रो स्थानमा पुगेको हो ।

Investment bank2इन्भेष्टमेन्ट बैंक

गत आवमा बैंकले १ अर्ब ९६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष बैंकलेे १ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । स्प्रेड दर घटेपछि व्याद आम्दानी बढ्न नसक्दा बैंकको नाफा बढ्न नसकेको हो । यस अवधिमा बैंकले ९० अर्बए ६३ करुोड रुपैयाँ निक्षेप संकलन गरी ७७ अर्ब ६९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । ०७१ मा ५.४१ प्रतिशत रहेको स्प्रेड दर ०७२ मा ४.४६ प्रतिशतमा झरेको छ ।

कृषि विकास बैंक
agriculture_development_bankयो बैंकले गत वर्ष १ अर्ब ८७ करोड रुपैयाा खुद नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ५२ करोड रुपैयाा नाफा कमाएको थियो । स्प्रेड दर केही घटेपनि १ अर्ब ४१ करोड रुपैयााले खुद व्याज आम्दानी बढेकेा छ । अघिल्लो वर्ष ६.२४ प्रतिशत रहेको स्प्रेड दर गत वर्ष ५.८२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ६ अर्ब ६२ करोड रुपैयाा खुद व्याज आम्दानी गरेको बैंकले यो वर्ष ५ अर्ब २१ करोड रुपैयाा व्याज आम्दानी गरेको छ । यस अवधिमा बैंकले ७६ अर्ब ९२ करोड रुपैयाा निक्षेप संकलन गरी ६६ अर्ब ६० रोड रुपैयाा कर्जा प्रवाह गरेको छ ।

everest-bankएभरेष्ट बैंक

यो बैंकले गत वर्ष १ अर्ब ५७ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षकोभन्दा ३ करोड रुपैयाँले मात्रै बढी हो । स्प्रेड दर घटाउँदा बैंकको खुद व्याज आम्दाननी ४ करोड रुपैयाँले घटेको छ । गत वर्ष बैंकले २ अर्ब ८७ करोड रुपैयाँमा व्याज आम्दानी गरेको छ । ०७१ मा ५.६९ प्रतिशत रहेको स्प्रेड दर ०७२ मा ४.७६ प्रतिशतमा झरेको छ । संभावित जोखिम व्यवस्थाका लागि छुट्याइएको रकम फिर्ता (राइटव्याक)ले बैंकको नाफा थोरै भएपनि बढाएको हो । ०७२ असार मसान्तसम्ममा बैंकले ८३ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन गरी ५५ अर्ब ३६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

Standerd charderdस्टान्डर्ड चार्टड बैंक

स्प्रेडदर घटाउनु परेपछि यो बैंकको नाफा पनि प्रभावित भएको छ । बैंकको नाफा चार करोडले घटेको छ । अघिल्लो वर्ष १ अर्ब ३३ करोड रुपैयाँ कमँएको बैंकले गत वर्ष भने १ अर्ब २९ करोड रुपैयाँ मात्रै कमाएको छ । एक वर्षको अवधिमा बैंकको खुद व्यााज आम्दानी ९ करोड रुपैयाँले घटेर १ अर्ब ९२ करोड रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष ७.०९ प्रतिशत रहेको स्प्रेड दर गत वर्ष ५.२७ प्रतिशत छ । बैंकले ५७ अर्ब २८ करोड रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

SBI bank logoएसबिआइ बैंक
यो बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६ करोड रूपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष ९२ करोड रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्षको बैंकको नाफा १५ प्रतिशतले बढी हो । एक वर्षको अवधिमा बैंकको व्याज आम्दानी ३० करोड रुपैयाँले बढेको छ । अघिल्लो आर्थिक वर्षमा एक अर्ब ७४ करोड रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले यो वर्षमा २ अर्ब चार करोड रुपैयाँ ब्याद आम्दनी गरेको हो ।  ०७२ असार मसान्तसम्ममा बैंकले ५१ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरी ३९ अर्ब ९७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

Global-IME-Bank-ग्लोबल आइएमइ बैंक

यो बैंक पहिलोपटक अरबपतिको क्लबमा उक्लिएको छ । गत वर्ष बैंकले १ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष ९८ कुरोड रुपैयाँ कमाएको थियो । स्प्रेड घटेका कारण यो बैंकको व्याज आम्दानी पनि प्रभावित भएको छ । अघिल्लो वर्ष ५.११ प्रतिशत रहेको स्प्रेड गत वर्ष ४.११ प्रतिशतमा झरेको छ । । बैंकले ६० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५० अर्व रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

Pravhu bank specialप्रभू बैंक

वितेका तीन वर्ष निरन्तर घाटामा रहेको प्रभू बैंकले पहिलोपटक अरबपतिको क्लबमा चढेको छ । १ अर्ब ८२ रुपैयाँ राइटव्याक गरेपछि बैंकको नाफा अर्ब नाघेको हो । ०७१ मा २४ करोड रुपैयाँले घाटामा रहेको बैंक ०७२ असार मसान्तमा १ अर्ब ३ करोड रुपैयाँ नाफा कमाएको हो । बैंकको खुद व्याज आम्दानीमा पनि उल्लेख वृद्धि भएको छ । अघिल्लो वर्ष ७२ करोड ९१ लाख रुपैयाँ व्याज आम्दानी गरेको बैंकले गत वर्ष १ अर्ब ५४ करोड रुपैयाँ व्याज आम्दानी गरेको छ । त्यसैगरी, बैंकले प्रवाह गरेको भाका नाघेको कर्जा असूलीमा उल्लेख्य सुधार भएको छ । २०७१ असार मसान्त्मा कूल कर्जाको २४.१८ प्रतिशत रहेको खराब कर्जा ७.३९ प्रतिशतमा झरेको छ । यस अवधिमा बैंकले ४२ अर्ब १४ करोड रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । ०७१ मा ५.१२ प्रतिशत रहेको स्प्रेड दर ०७२ मा ४.८४ प्रतिशत छ । (यो पनि पढ्नुहोस  डुबेको किष्टलाई प्रभुले गर्‍यो कायापलट)

Prime-Bankप्राइम बैंक
यो बैंकले गत आर्थिकमा ८० करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकले ५५ करोड ४४ लाख रुपैयाँ कमाएको थियो । व्याज आम्दानी र राइटव्याक)नै बैंकको नाफाको मूख्य आधार हो । एक वर्षको अवधिमा बैंकको खुद व्याज आम्दानी ३४ करोड रुपैयाँले बढाएर १ अर्ब ३९ करोड रुपैयाँ र्पुयाएको छ त्यसैगरी, यस अवधिमा राइटव्याक ८ करोडले बढेर २१ करोड पुगेको छ । ०७२ असार मसान्तसम्ममा बैंकले ४१ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरी ३२ अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष २.९४ प्रतिशत रहेको स्प्रेड दर गत वर्ष ३.४३ प्रतिशत पुगेको छ ।

Nb bank2एनबी बैंक

नेपाल बंगलादेश बैंकले गत वर्ष ७९ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा ५ करोड रुपैयाँले बढी हो अघिल्लो वर्ष बैंकले ७४ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद व्याज आम्दानी र राइटव्याकमा भएको वृद्धि नै बैंकको नाफा वृद्धिको मूख्य आधार हो । ०७१ असार मसान्तमा ८ करोड ५२ लाख रुपैयाँ रखेको खुद व्याज आम्दानी ०७२ असार मसान्तमा बढेर १० करोड ९ लाख रुपैयाँ पुगेको छ । बैंकले ३३ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ८२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । ०७१ असार मसान्तमा ४.३२ प्रतिशत रहेको स्प्रेड दर ०७२ असार मसान्तमा ४.४३ प्रतिशत पुगेको छ ।

Siddrtha bankसिद्धार्थ बैंक

यो बैंकले गत वर्ष ७६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकले ७० करोड रुपैयाँ नाफा कमाएको थियो । ०७२ असार मसान्तसम्ममा बैंकले ४४ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरी ३६ अर्ब २९ करोड रुपैयाँ कर्जा प्रवाह रकेको छ । ०७१ असार मसान्तमा स्प्रेड ४.९४ प्रतिशत रहेको स्प्रेड ०७२ असार मसान्तमा स्प्रेड दर ४.३५ प्रतिशतमा झरेको छ ।

Citizen-Bank-Internationalसिटिजन बैंक

गत आर्थिक वर्षमा सिटिजन बैंकले ७२ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसै अवधिको भन्दा साढे २१ करोड रुपैयाँले बढी हो । स्प्रेड दर घटेपनि बैंकको खुद व्याज आम्दानी भने ४७ करोड रुपैयाँले बढेको छ । नाफा वृद्विको मूख्य आधार व्याज आम्दानी नै हो । ०७१ असार मसान्तमा ४.९९ प्रतिशत रहेको स्प्रेड दर ०७२ असार मसान्तमा ४.१३ प्रतिशत रहेको छ । ०७२ असार मसान्तमा बैंकले ३५ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

nic-asia-bankएनआइसी एसिया बैंक

अघिल्लो वर्षको तुलनामा यो बैंकको नाफा १३ करोड रुपैयाँले घटेको छ । ०७१ मा ८३ करोड रुपैयाँ कमाएको बैंकले ०७२ मा ६९ करोड रुपैयाँ मात्रै कमाएको छ । स्प्रेड घटाउँदा २२ करोड रुपैयाँले व्याज आम्दानी घटेपनि बैंकको नाफा पनि घटेको हो । गत वर्ष बैंकले १ अर्ब ५७ करोड रुपैयाँ व्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष ४.०६ प्रतिशत रहेको स्प्रेड दर गत वर्ष भने ३.५२ प्रतिशतमा झरेको छ । यस अवधिमा बैंकले ५३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

Machhapuchchhre Bank LTD (3)माछापुछ्रे बैंक

यो बैंकले गत आवमा ६१ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा झण्डै १६ करोड रुपैयाँले बढी हो । बैंकको खुद ब्याज आम्दानी बढेपछि नाफा उकालो लागेको हो ।

यस अवधिमा बैंकले १ अर्ब ३३ करोड ७० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ११ करोड ५९ लाख रुपैयाँ रहेको थियो । यो बैंकलाई स्प्रेडको असर देखिएन ।

Sanima bankसानिमा बैंक

गत वर्ष यो बैंकले ६० करोड ४० लाख रुपैया खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसै अवधिमा बैंकले ४२ अर्ब रुपैयाँ कमाएको थियो । स्पेड घटेपनि बैंकको व्याज आम्दानी बढेपछि नाफा बढेको हो । ०७१ मा ४.३५ प्रतिशत रहेको स्प्रेड दर ०७२ मा ३.९१ प्रतिशतमा झरेको छ । यस अवधिमा बैंकले ३४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । कूल कर्जाको ०.०७ प्रतिशत बैंकको खराब कर्जा छ । यो नेपाली बैंकिङ उद्योगकै सबैभन्दा कम हो । खराब कर्जाको मात्रा जति कम भयो सो संस्थाको वित्तीय स्वास्थ्य उति राम्रो मानिन्छ ।

nepal bankनेपाल बैंक
यो सरकारी बैंकलाई पनि स्प्रेड दरले अफ्ठेरोमा पारेको छ । अघिल्लो वर्ष साढे ६१ करोड रुपैयाँ नाफा कमाएको बैंकले गत वर्ष साउे ५२ करोड रुपैयाँ मात्रै कमाएको छ । स्प्रेड घटाउँदा बैंकको ५१ करोड रुपैयाँले व्याज आम्दानी घटेको छ । अघिल्लो वर्ष ५.६४ प्रतिशत रहेको स्प्रेड दर गत वर्ष ४.८९ प्रतिशतमा झारेको छ । तर, खुद व्याज आम्दानी पनि ५१ करोड रुपैयाँले घटेर २ अर्ब ३१ करोड रुपैयाँमा झरेकेा छ । बैंकले ७८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको छ । याे बैंक नेपालको सबैभन्दा पुरानो बैंक हो ।

NMB-Bank-LTDएनएमबी बैंक

यो बैंकले गत वर्ष ५० करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकले १० करोड बढी नाफा कमाएको हो । बैंकको खुद व्याज आम्दानी उल्लेख्य बढेपनि नाफा बढेको हो । अघिल्लो वर्षकोभन्दा गत वर्ष १८ करोड रुपैयाँ बढी व्याज आम्दानी गरेको छ । ०७२ मा ९६ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष ३.९७ प्रतिशत रहेको स्प्रेड दर गत वर्ष ३.३३ प्रतिशत रहेको गरेको छ । यस अवधिमा बैंकले ३६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

NCC Bank (10)एनसीसी बैंक

१५ महिनादेखि राष्ट्र बैंकले व्यवस्थापन सम्हालेको एनसीसी बैंकले गत वर्ष ४१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकले ३९ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  बैंकले स्प्रेड दर पनि राष्ट्र बैंकले तोकेको सीमाभित्र राख्न सफल भएको छ । ०७१ मा ५.१२ प्रतिशत रहेको स्प्रेड दर ०७२ मा ४.८४ प्रतिशत छ । स्प्रेड घटे पनि बैंकको व्याज आम्दानी भने बढेको छ । अघिल्लो वर्ष ७२ करोड ९१ लाख रुपैयाँ व्याज आम्दानी गरेको बैंकले गत वर्ष १ अर्ब ५४ करोड रुपैयाँ व्याज आम्दानी गरेको छ । ०७२ असार मसान्तसम्ममा बैंकले २६ अर्ब ६६ करोड रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सनराइज बैंक

Sunrise-bankयो बैंकले गत आर्थिक वर्षमा ४७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकले २४ करोड रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । अघिल्लो वर्ष ५.३० प्रतिशत रहेको स्प्रेडलाई बैंकले गत वर्ष ४.३० प्रतिशतमा झारेको छ ।

जसकारण बैंकको खुद व्याज आम्दानी भने १ करोड रुपैयाँले मात्रै बढेर १ अर्ब १० करोड रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले साढे ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी साढे २६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

laxmi-bank-ltd.लक्ष्मी बैक

अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा लक्ष्मी बैंकको खुद नाफा ६ करोड बढीले घटेको छ । अघिल्लो वर्ष ४७ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले गत वर्ष ४१ करोड १९ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको खुद ब्याज आम्दानी बढे पनि कर्जा जोखिम कोष बढेकाले नाफामा संकुचन आएको हो । अघिल्लो आर्थिक वर्षको वर्षको तुलनामा गत वर्ष राइट ब्याक रकम समेत घटेको छ । बैंकले यस अवधिमा ९५ करोड ९५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ८२ करोड २२ लाख रुपैयाँ रहेको थियो । बैंकको स्प्रेड दर ३.७२ प्रतिशत छ । यस अवधिमा बैंकले ३९ अर्ब ९९ करोड १८ लाख रुपैयाँ निक्षेप संकलन गरी ३१ अर्ब ५५ करोड ७९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

Lumbini-Bank-लुम्बीनी बैंक

लुम्बिनी बैंकले गत आर्थिक वर्षमा ३४ करोड ६१ लाख रुपैयाँ खुद नाफा गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा सवा १० करोड रुपैयाँले बढी हो । अघिल्लो वर्ष बैंकको खुद नाफा २४ करोड ३२ लाख रुपैयाँ रहेको थियो । बैंकको खुद ब्याज आम्दानी र विदेशी मुद्रा सटही आम्दानी बढ्नुका साथै प्रोभिजन रकम घटेपछि खुद नाफा बढ्न गएको हो ।
बैंकले यस अवधिमा ६७ करोड ५९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५३ करोड २० लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । बैंकको स्प्रेडदर ३.९५ प्रतिशत छ । बैंकल २० अर्ब २८ करोड निक्षेप संकलन गरी १७ अर्ब २४ करोड कर्जा प्रवाह गरेको छ ।

Kumari bankकुमारी बैंक

यो बैंकले गत वर्ष ३५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा १० करोडले बढी हो । अघिल्लो वर्ष ३.६२ प्रतिशत रहेको स्प्रेड दर गत वर्ष ३.११ प्रतिशतमा झरेपछि बैंकको खुद व्याज आम्दानी ६ करोड रुपैयाँले मात्रै बढेर ८९ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकले ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

mega bankमेगा बैंक

यो बैंकले गत वर्ष ३४ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षकोभन्दा ५ करोड रुपैयाँले बढी हो । व्याज आम्दानी नै बैंकको नाफाको मूख्य स्रोत हो । स्प्रेड दर घटाए पनि बैंकको व्याज आम्दानी भने बढेको छ । अघिल्लो वर्षको तुलनामा ७ करोड रुपैयाँ बढी अर्थात ८९ करोड रुपैयाँ व्याज आम्दानी गरेको छ । ०७१ मा ४.३२ प्रतिशत रहेको स्प्रेड ०७२ मा ३.६२ प्रतिशत छ । बैंकले २१ अर्ब निक्षेप संकलन गरी ७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंक अफ काठमाण्डू

यो बैंकले गत वर्ष ३३ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकले २५ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको स्प्रेड दर सामान्य घद्धेर ३.९४ प्रतिशतमा झरेपनि व्याज आम्दानी भने १७ करोड रुपैयाँले बढेर १ अर्ब ३८ करोड रुपैयषँ पुगेको छ । बैंकले साढे ३९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी साढे ३३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

Civil-Bank-LTD-सिभिल बैंक
यो बैंकको नाफा पनि अघिल्लो वर्षको तुलनामा झन्डै एक करोड रुपैयाँले घटेको छ । अघिलजलो वर्ष २४ करोड ६२ लाख रुपैयाँ कमाएको बैंकले गत वर्ष २३ करोड ७५ लाख रुपैयाँ मात्रै कमाएको छ । व्याज आम्दानी २४ करोड रुपैयाँले बढेर ८५ करोड रुपैयाँ पुगेपनि बैंकको प्रोभिजनिङ र अन्य खर्च बढेकाले नाफा बढ्न नसकेको हो । यस अवधिमा बैंकको स्प्रेड दर पनि झन्डै एक प्रतिशतले घटेर ३.८२ प्रतिशतमा झरेको छ । बैंकले साढे २६ अर्ब रुपैयाँ निक्षेप सुंकलन गरी साउे २२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकिंग समाचारहरू

कुन बैंकको चुक्ता पुँजी कति ? आठ अर्ब पुर्‍याउन कति थप्नु पर्ने ? 

नेपाली बैंकहरुको चुक्ता पुँजी सार्कमै कम !

उदार गभर्नर कठोर ! दुर्इ वर्षमा वाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्ब 

कुन बैंकका प्रमुखले कति तलब खान्छन्, कति प्रतिफल दिन्छन ? 

घर बनाउन कुन बैंकले कति ब्याजमा ऋण दिन्छन् ? (हेर्नुहोस् सूचीसहित)

डा. नेपाल: नेविसंघको अध्यक्षदेखि राष्ट्र बैंकको गभर्नरसम्म

गभर्नर सा’ब, कांग्रेसको बन्ने कि राष्ट्रको ?

ओलीको अर्थमन्त्री बन्ने दाउमा गभर्नर खतिवडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment