Comments Add Comment

बाँकेका विद्यालय पुनः बन्द, विद्यार्थीको पढाइ चौपट

आरपी सुवेदी

२७ भदौ, नेपालगन्ज । सरकारले दमनको नीति लिएको भन्दै संयुक्त थरुहट मधेस संघर्ष समितिले आइतबारदेखि बाँकेका सबै विद्यालय बन्द घोषणा गरेको छ ।

Bake ko Kohalpur-Road, Tharuhat Bandआन्दोलनले विद्यालयहरु ठप्प हुँदा विद्यार्थीको भविष्य अन्यौलमा परेको छ । यसअघि चौतर्फी विरोध भएपछि बन्दकर्ताले केही दिन विद्यालय खोल्न दिएका थिए ।

तर, संघर्ष समितिका प्रवक्ता पशुपति दयाल मिश्राले विज्ञप्ति निकालेर आन्दोलन सशक्त पार्ने निर्णयअनुसार विद्यार्थीको सुरक्षालाई ध्यानमा राख्दै पुनः विद्यालय बन्द गरिएको घोषणा गरेका छन् ।

‘प्रहरी प्रशासनको हस्तक्षेपकारी नीतिले गर्दा असामान्य परिस्थिति सिर्जना हुने खतरा रहेको हुँदा त्यस्तो परिस्थितिमा विद्यार्थीहरुको सुरक्षालाई ध्यानमा राखी सम्पूर्ण विद्यालयहरु २७ गतेदेखि पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको,’ विज्ञप्तिमा उल्लेख छ ।

संघर्ष समितिले आउँदो मंगलबार पुरैनीको बाबाकुटीमा विरोधसभा गर्ने जानकारी पनि दिएको छ ।

आन्दोलनका क्रममा मानवअधिकारकर्मी, सञ्चारकर्मी कुटनीतिक नियोग, एम्बुलेन्स, दमकल, विरामी बोकेको सवारी साधन, धार्मिक कार्यमा प्रयोग हुने सवारी साधन, मानव चलित रिक्सा, साइकल एवं मोटरसाइकललाई पनि कुनै पनि अवरोध नपुर्‍याउने संघर्ष समितिले स्पष्ट पारेको छ ।

ईलेक्टि्रक रिक्सा चारपांग्रे सवारी साधन, उद्योग कलकारखाना व्यापारीक प्रतिष्ठान, सरकारी कार्यालय, वित्तीय संस्था लगायत सम्पूर्ण बजार बन्द आह्वान गरिएको छ । झण्डै १ महिनादेखि जारी बन्दले बाँकेको जनजीवन अस्तव्यस्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment