Comments Add Comment

मेगा बैंकको ‘हात-हातमा बैंकिङ’

mega bank२७ भदौ, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ‘हात-हातमा बैंकिङ’ सेवा सुरु गरेको छ । आफ्ना हरेक ग्राहकलाई अत्याधुनिक मोबाईल बैंकिङ सेवा दिने उद्देश्ययसहित बैंकले यस्तो सेवा सुरु गरेको हो ।

आफ्नो खाताको सम्पूर्ण जानकारी प्राप्त गर्न सकिने गरी ‘हात-हातमा बैंकिङ अभियान’ ल्याइएको मेगा बैंकले जनाएको छ । बैंकको २८ वटै शाखाबाट सञ्चालन हुने सेवामा ग्राहकहरु स्वतः दर्ता हुनेछन् ।

ग्राहकले मोबाइलबाटै सहज र सुरक्षित रुपमै आफ्नो बैकिङ कारोबारबारे जानकारी पाउन सक्ने बैंक जानकारी दिएको छ । सेवामार्फत मोबाइलबाटै आफ्नो मिनी स्टेटमेन्ट, चेकबुकको लागि अनुरोध, रकम स्थानान्तरण, बिल भुक्तानी, विनिमय दर, बैंक शाखा र एटीएम रहेका स्थानबारे जानकारी लिन सकिनेे छ ।

यस्तै ग्राहकले मोबाइल रिचार्ज पनि गर्न सक्नेछन । सेवा लिन इच्छुक नभएकाले नजिकको शाखा कार्यालय वा डीआरइजी टाइप गरि १७१७ मा एसएमएस गर्न बैंकले बताएको छ । मेगाले यसअघि नै एन्ड्रोइड र एप्पल एप्स पनि ल्याइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment