Comments Add Comment

नारायणकाजी भन्छन्- संविधान बनेपछि एमाओवादी आन्दोलनमा जान्छ

२८ भदौ, काठमाडौं । एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले शीर्षनेताहरुले संविधान बनेपछि संशोधन गर्न सकिने बताएर नकच्चरोपन देखाएको आरोप लगाएका छन् ।

Narayankajiअब संविधान बनिसकेपछि एमाओवादी पार्टी थारुलगायत उत्पीडित समुदायका मुद्दालाई लिएर आन्दोलनमा जाने बताए ।

प्रमुख दलका तीन शीर्ष नेताहरुले जायज मागहरु नयाँ संविधान जारी भएपछि पनि संशोधनबाट सम्बोधन गर्ने आश्वासन दिएपछि श्रेष्ठको यस्तो टिप्पणी आएको हो ।

श्रेष्ठले प्रमुख पार्टीका शीर्षनेताहरुको अभिव्यक्ति अहिलेको सन्दर्भमा समाधानमुखी नभएको बताए । ‘सामान्य नीति र सिद्धान्तले संविधान गतिशील हुन्छ, समयअनुसार सम्बोधन हुँदै जान्छ भन्ने एउटा कुरा हो’ अनलाइनखबरलाई अन्तरवार्ता दिँदै श्रेष्ठले भने- ‘तर, अहिले नै सम्बोधन गर्नुपर्ने कुराहरुलाई दृढतापूर्वक हठ लिने र तर, पछि संविधान संशोधन गरेर सम्बोधन गरौंला नि भन्नु भनेको यो नकच्चरोपन हो ।’

उत्पीडित वर्ग र समुदायको माग सम्बोधन नगर्नका लागि यसो भनिएको श्रेष्ठले बताए । एमाओवादी उपाध्यक्ष श्रेष्ठले भने ‘तर, अब अहिले उत्पीडित वर्ग र समुदायले उठाएका मागहरु संविधान संशोधन गरेर भए पनि संशोधन गर्नुपर्छ, यो हाम्रो कुरा हो, उत्पीडित समुदायको कुरा हो । उनीहरुले चाहेर यसो गरेका होइनन् ।’

आइतबार संविधानसभामा मतदान सुरु हुनु अघि सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्षले नयाँ सविधान जारी भएपछि पनि जायज माग सम्बोधन गर्ने आश्वासन दिएका थिए ।

संविधान बनेपछि हामी आन्दोलनमा जान्छौं

एमाओवादी उपाध्यक्ष श्रेष्ठले संविधान बनेपछि आफ्नो पार्टी पनि आन्दोलनमा जाने बताए ।

अहिले नै सम्बोधन गर्न सकिने र सम्बोधन गर्नु पर्ने मुद्धाहरु सम्बोधन नगरेर शासकवर्गबाट केही हठ अभिव्यक्त भएको भन्दै उनले त्यसलाई आन्दोलनबाटै परास्त गर्ने बताएका छन् ।

‘नयाँ संविधानमा भएका राम्रा कुराहरुको कार्यान्वयन र रक्षा गर्न लाग्छौं’ श्रष्ठले भने भने- ‘जतिकुरा जनताका, उत्पीडित वर्गका हकहित संस्थागत हुन सकेको छैन । त्यसका निम्ति हामी आफैं अग्रपंतीमा रहेर संघर्ष गर्नेछ । आन्दोलनमा जान्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment