Comments Add Comment

युवा संघका नेताले ओलीलाई भने- हिटलर जस्तै बन्नुस्

२८ भदौ, महेन्द्रनगर । युवा संघ नेपालका एक नेताले एमाले अध्यक्ष केपी ओलीलाई हिटलर जस्तै बन्न आग्रह गरेका छन् ।

Youba-Sangh-Nepal-Kiran-Pau

सामाजिक सदभाव र राष्ट्रिय एकता अभियान अन्तर्गत शनिवार कञ्चनपुरमा आयोजित सभालाई सम्बोधन गर्दै केन्द्रीय सचिव किरण पौडेलले देशलाई रुवाण्डा हुनबाट जोगाउन हिटलर नै बन्नुपर्छ भने पनि पछि नहट्न ओलीलाई आग्रह गरेका हुन् ।

‘मुलुकलाई रुवाण्डा हुनबाट जोगाउन, तीन पुस्तादेखिको हाम्रा अंग्रजहरुको संघर्षलाई परिणाममुखी बनाउन र सम्बृद्धिको हाम्रो सपनालाई साकार पार्न आवश्यक पर्दा कमरेड ओलीलाई हिटलर नै बन्नुपर्छ भने पनि पछि नहट्न आग्रह गर्दछु,’ सचिव पौडेलले भने ।

ओलीले अहिले लिएको अडानले नै देशलाई जोगाउने उनको दाबी थियो । ‘यो क्रुसियल फेजमा राष्ट्रियता, सार्बभौमिकता र राष्ट्रिय अखण्डता संकटमा परेको बेलामा कमरेड केपी ओलीले जुन अडान लिनुभएको छ, त्यसैले देश जोगाउँछ,’ उनले भने, ‘हामी अहिले शान्ति, सदभाव र राष्ट्रिय एकताका लागि पार्टी अध्यक्षको निर्देशन बमोजिम पार्टीको सन्देश लिएर आइरहेका छौं ।’

कार्यक्रममा एमाले केन्द्रीय सदस्य विक्रम जोशी, युवा संघ सचिव बच्चन सिंह लगायतले पनि धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment