Comments Add Comment

भिन्सेन्टले ब्रा लगाउन बिर्सेपछि

Brooke-Vincent-at-Jessica-Wrights-30th-Birthday-Party

बेलायतकी अभिनेत्री ब्रुक भिन्सेन्ट आफ्नो साथीको बर्थ डे पार्टीमा पुग्दा सबैको ध्यान उनीतिर खिचियो । खिचिनुको कारण थियो उनको पहिरन ।

२३ वषिर्या अभिनेत्री ब्रा नलगाइकन साथीको बर्थडेमा पुगेकी थिइन् । पहिरन हेर्दा उनले ब्रा लगाउनै बिर्सेकी पो हुन् कि भन्ने लख पनि काटियो । तर धेरैले भने आफूतिर ध्यानाकृष्ट गर्न जानाजान ब्रा नलगाएको ठहर्‍याएका छन् । नभन्दै भिन्सेन्टको आगमनपछि सो पार्टीकी वर्थडे गर्ल ३० वषिर्या जेस राइट ओझेलमा परेकी थिइन् । धेरैले भिन्सेन्टकै पहिरनको चर्चा गरिरहे ।

उनले लगाएको कोट स्टाइलको कालो माथिको एउटा टाँक मात्र लगाइएको थियो भने बाँकी ह्वाङ्गै थियो । उनका दुवै स्तनको ठूलो हिस्साको सबैले दर्शन पाए । उनको भूँडी पनि एक हदसम्म खुला थियो तर नाइटो भने देखिएको थिएन । शरीरको तल्लो भाग भने कालो लुगाले कुर्कुच्चासम्मै छोपिकी थिइन् ।

आफ्नो पहिरनका कारण उनी केहि लजाएझै पनि गरेकी थिइन् । पहिरनको आलोचना गरे तापनि भिन्सेन्टको जिउडालको भने धेरैले तारिफ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment