+
+

बोस्टनमा तीज विशेष कार्यक्रम सम्पन्न

वाशिंगटन डिसी । अमरिकाको बोष्टनमा हिन्दु नेपालीको पर्व तीज मनाइएको छ । नेपाली वुमेन ग्लोबल नेटवर्क (नेपाली महिला विश्व संजाल ) को आयोजनामा सम्पन्न कार्यक्रममा नेपाली तथा अन्य देशका नागरिकहरू छमछमी नाचेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २९ गते १७:३२

विजय थापा

boston-4

वाशिंगटन डिसी । अमरिकाको बोष्टनमा हिन्दु नेपालीको पर्व तीज मनाइएको छ ।  नेपाली वुमेन ग्लोबल नेटवर्क (नेपाली महिला विश्व संजाल ) को आयोजनामा सम्पन्न कार्यक्रममा नेपाली तथा अन्य देशका नागरिकहरू छमछमी नाचेका थिए ।

महिला अधिकार, महिला सशक्तिकरण तथा अन्य सामाजिक सेवामा अहम भूमिका निर्वाह गर्दै आएको एन डब्लु जी एनले पहिलो पटक मनाएको हो ।

गत सेप्टेम्बर १ तारिखमा भएको तीज कार्यक्रममा उक्त क्षेत्र वरपरका महिला दिदी बहिनिको उत्साहजनक सहभागिता थियो  ।

तीज कार्यक्रममा सहभागी महिलाहरु रातो सारी, चुरा, पोते, तिलहरीले सजिएर उपस्थित भएका थिए । तीजमा विभिन्न मिठाइसहित खानेकुराको दर खुवाईएको थियो । नेपालको सम्झना होस् भनेर सेल रोटीको व्यवस्था पनि गरिएको थियो ।

थप तस्वीर हेर्नुहोस्

boston-1

boston-2

boston-3

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?