Comments Add Comment

संविधानले पूँजी बजारमा उत्साह देखिएन

३१ भदौ, काठमाडौं । संविधानसभाले नयाँ संविधान पारित गरेपनि पूँजी बजारमा खासै उत्साह देखिएन । बुधबार राति संविधान पारित भएपनि लगानीकर्ताले ठूलो उत्साह नदेखाउँदा बिहिबार सेयर बजारमा ६ दशमलव ७९ अंकको गिरावट आयो ।

stock

कारोबार खुलेपछि सामान्य बढेर १२ सय ७ सम्म पुगेको बजार त्यसपछि निरन्तर ओरालो लाग्यो । अन्तिम समयमा उतार-चढावकै बीच सेयरबजार ११ सय ९६ दशमलव ०२ अंकमा ओर्लिएर बन्द भयो । बुधबार सामान्य घटेपनि बजार १२ सय अंकमाथि नै रहेर बन्द भएको थियो ।

बिहीबार होटल र विकास बैंक बाहेक सबै समूह रातो भए । होटल समूह २५ दशमलव १३ र विकास बैंक १ दशमलव ८३ अंकले उकालो लागेपनि अन्य समूहका परिसूचक भने तल झरे । बीमा समूह ४१ दशमलव ३२ अंकले घट्दा जलविद्युत समूह १३ दशमलव ६६ अंकले ओर्लियो । बैंकिङ समूहमा ९ दशमलव १४ प्रतिशतले गिरावट आयो भने टेलिकम सूचीकृत अन्य समूह २ दशमलव ३५ र वित्त समूह शून्य दशमलव ३४ अंकले रातो भयो ।

दिनभरमा १ सय ४० कम्पनिका ११ लाख २९ हजार कित्ता सेयर किनबेच भए । कारोबार रकममा भने बुधबार भन्दा बृद्धि देखियो । बिहीबार ५९ करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

विहीबार प्राईम कमर्सियल बैंक, एनबी बैंक र जनता बैंकका सेयर ४ करोड रुपैयाँ भन्दा बढीमा किनबेच भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment