+
+

संविधानसभाबाट संविधान लेख्ने जेठो देश फ्रान्स, कान्छो नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १ गते १२:०५

nepal-map

१ असोज, काठमाडौं । संविधानसभामार्फत संविधान निर्माणमा सफलता पाएका देशहरुको सुची धेरै लामो छैन । संविधानविद् भीमार्जुन आचार्यका अनुसार हालसम्म ४० जति राष्ट्रले यो विधिको अभ्यास गरेता पनि सबैले सफलता पाएनन् ।

सबैभन्दा पहिलोपटक फ्रान्स सन् १७८९ मा संविधानभाको अभ्यास गरेको थियो । १७८९ को जुलाइदेखि १७९१ सेप्टेम्बरसम्म चलेको फ्रान्सेली क्रान्तिपछि गठन गरिएको राष्ट्रिय संविधानसभाका सदस्यहरु टेनिस कोर्टमा बैठक बस्थे ।

सन् १९८९ को २० जूनमा उनीहरुले टेनिस कोर्टमै सपथ खाएका थिए । लुइस १६ औंले २७ जूनमा उक्त संविधानसभालाई वैधानिकता दिएका थिए ।

संविधानसभाबाट संविधान बनाउने नेपालपछि कान्छो राष्ट्र चाहिँ ट्यूनिसिया हो । त्यहाँ गत वर्षमात्रै संविधान सभाले संविधान बनाएको थियो । विश्वका विभिन्न मुलुकहरुमा हालसम्म गठन भएका संविधानसभाहरुको सूची विकिपेडियाबाट साभार गरिएको छ :

१. (फ्रान्सेली ) राष्ट्रिय संविधानसभा : सन् १७८९ मा फ्रान्सेली क्रान्तिका क्रममा गठन भयो ।

२. नर्वेजियन संविधानसभाः सन् १८१४ मा गठन भएर संविधान ग्रहण गरेको ।

३. बेल्जियमको नेसनल कांग्रेसः बेल्जियमको प्रान्तिय सरकारले बेल्जियम स्वतन्त्रताको घोषणा गरेपछि सन् १८३० मा निर्वाचित भएको ।

४. लक्जेम्बर्गको संविधानसभा : सन् १८४८ मा निर्वाचित भएर लक्जेम्बर्गको संविधान लागू गरेको । त्यसपछि यसलाई चेम्बर र अफ डेपुटीले प्रतिस्थापन गरेको थियो ।

५. रसियन संविधानसभा : रुसी अक्टोबर क्रान्तिपछि सन् १९१८ मा गठन भयो ।

६. जर्मन राष्ट्रिय सभा : सन् १९१९ मा विमर संविधान लागू गरायो ।

७. जर्जियाको संविधानसभा : सन् १९१९ मा निर्वाचित भइ १९२१ मा संविधान ग्रहण गर्‍यो ।

८. लिथुवानियाको संविधानसभा : सन् १९२९ मा निर्वाति भइ १९२२ मा संविधान बनायो ।

९. आइरिस संविधानसभा : सन् १९२२ मा निर्वाचित भएर आइरिस फ्री  स्टेटको संविधान पारित गर्‍यो ।

१०. सिरियाको संविधानसभा : सन् १९३० मा गठन भयो ।

११. इटलीको संविधासभाः राजतन्त्र र गणतन्त्रको जनमत संग्रहपछि सन् १९४६ को २५ जूनका दिन गठन भयो, १२ मे १९४८ मा संविधान पारित गरेको चार महिनापछि विघठित भयो ।

१२. भारतको संविधानसभा : सन् १९४६ को ९ डिसेम्बरमा गठन भएर सन् १९५० को २६ जनवरीमा विघठित गरियो ।

१३. इन्डोनेसियाको संविधानसभा : सन् १९५५ मा निर्वाचित भएर १९५९ सम्म चलेपछि सन् १९४५ कै पुरानो संविधान लागू गरिएको छ ।

१४. पाकिस्तानको संपिवधानसभा : सन् १९४७ को १० अगष्टमा संविधान लेख्नका लागि गठन गरिएको र पाकिस्तानको पहिलो संसदका रुपमा काम गरेको । सन् १९५४ को २४ अक्टोबरका दिन विघटन गरिएको र सन् १९५५ को २८ मेमा पुनर्गठन गरिएको छ ।

१५. एल साल्भाडोरको संविधानसभा : सन् १९८२ मा संसदका रुपमा स्थापना भएकोमा पछि संविधानको जिम्मेवारी दिइएको छ ।

१६. कोलम्बियाको संविधानसभाः सन् १९९१ को ५ फेब्रुअरीमा संविधान निर्माणका लागि गठन गरिएको, सन् १९९१ को जुलाईमा संविधान पारित गरेपछि विघठन गरियो ।

१७. पेरुको संविधानसभाः सन् १९७८ को मेमा राष्ट्रव्यापी आमहड्तालपछि स्थापना गरिएको संविधासभाले पेरुको नयाँ संविधान निर्माण गर्‍यो

१८. भेनेजुयलाको संविधानसभाः सन् १९९९ मा संविधान पारित गरेको छ ।

१९. इराकको संविधानसभा : सद्दाम हुसेनको पतनपछि सन् २००५ को ३० जनवरीमा निर्वाचित संविधानसभाले नयाँ प्रजातान्त्रिक तथा संसदीय इराकको संविधान पारित गरेको छ ।

२०. बोलिभियाको संविधानसभा : सन् २००८ को ४ मेका दिन निर्धारित जनमतसंग्रह स्थगनपछि गठन गरिएको संविधानसभाले नयाँ संविपधान निर्माणका लागि काम गरिरहेको छ ।

२१. इस्टोनीयाकेा संविधानसभा : सन् १९२० को १५ जूनमा गणतन्त्र इस्टोनीयाको संविधान पारित गर्‍यो ।

२२. इक्वेडरको संविधानसभा : इक्वेडरको भावी संविधानको मस्यौदा लेखन हुँदैछ ।

२३. दक्षिण अफ्रिकाको संविधानसभा : दक्षिण अफ्रिकाको अन्तरिम सविधानअनुसार गठन भएर सन् १९९६ मा पूर्ण संविधान जारी भयो ।

२४. ट्यूनिसियाको संविधानसभा : सन् २०१४ मा संविधान निर्माण भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?