Comments Add Comment

ट्वीटरमा #BackOffIndia  वर्ल्डवाइड ट्रेन्डिङ

twitter-trends, Backofindia

५ असोज, काठमाडौं । भारतले नेपालमाथि नाकाबन्दी लगाउने आशयको विज्ञप्ति जारी गरे लगत्तै सामाजिक सञ्जाल ट्वीटरमा शुरु भएको ‘ब्याक अफ इण्डिया’ ट्रेन्ड विश्वव्यापी रुपमा भाइरल बनेको छ ।

नेपालको संविधानप्रति तिब्र असन्तोष जनाउँदै तेल आपूर्तिसमेत रोकेपछि सामाजिक संजालमा नेपालीहरुले भारत फिर्ता जाउ अभियान सुरु गरेका थिए ।

ट्विटर प्रयोगकर्ताहरुले संविधान निर्माण नेपालको सार्वभौम निर्णय भएको भन्दै त्यसमा भारतको हस्तक्षेप अस्वीकार्य भएको धारणा राखेका छन् ।

एमाले पूर्व सभासद शान्ता चौधरीले हामी मिलेर बस्छौं, फुटाउनु पर्दैन भनेर ट्वीट गरेकी छन् ।   


लेनिन बन्जाडे @lendaai ले लेखेका छन्, “कुटनीति भनेको कुटिराख्ने नीति होईन डियर मोदी! तिम्रो नेतृत्वलाई यो नेपालीको उपहार हो।#BackOffIndia”

मंगलबार दिउँसो एक समय यो ह्यासट्याग नेपालमा मात्र होइन, विश्वभर नै टप ट्रेण्डिङमा दोस्रो स्थानमा पुग्यो । दिनभर नै टप टेनमा भने रहिरह्यो ।

यो ट्रेण्डमा हजारौं पाकिस्तानीहरु समेत सहभागी भएका छन् भने भारतकै पन्जाबीहरु समेत भिडेका छन् । पन्जाबीहरुले स्वतन्त्र खालिस्तानको नारा पुनः व्युँताउदै ब्याक अफ इण्डिया ट्रेडलाई समर्थन गरेका छन् ।

 

 

नेपालीहरुले शुरु गरेको ब्याक अफ इण्डिया ट्रेन्डलाई पाकिस्तानी ट्वीटेहरुलाई विश्वव्यापी बनाउने अभियान चलाएका छन् । यो अभियानमा पाकिस्तानी युवा युवती धेरै सहभागी भएका छन् ।

 

 

पाकिस्तानी नागकिर युसफ मल्लिक लेख्छन्-प्रिय नेपाली दाजु भाइ ब्याक अफ इण्डिया ट्रेन्ड अब विश्वव्यापी बन्दैछ, हामी यसलाई विश्वव्यापी बनाउनेछौं, तपाईहरु ट्वीट गर्दै जानुस् । त्यस्तै पन्जाबी नागरिक जसदीप सिंहले यो ट्रेण्डलाई समर्थन गर्दै खालिस्तानमा राष्ट्रसंघीय हस्तक्षेप आवश्यक रहेको औल्याएका छन् । ‘भारतले हजारौं शिखहरुलाई मारेको छ, हामी भारतबाट कुनै पनि मूल्यमा स्वतन्त्रता चाहान्छौं’ उनले लेखेका छन् । पाकिस्तानीहरुले स्थापित गरेको ‘ब्याक अफ इण्डिया’ ट्रेण्डमा गोर्खाल्याण्ड नेपालीहरुको जन्मस्थल भन्दै भारतले जबर्जस्ति कब्जा गरेकाले नेपाललाई फिर्ता गर्नुपर्ने आवाज समेत उठाइएको छ ।

पाकिस्तानी किशोरी जारी अल्बी लेख्छिन्-गोर्खाल्याण्ड नेपाली भूमी हो, भारतले कब्जा गरेको छ । गोर्खालीहरुले भारतलाई बचाए तर, बदलामा भारतले नेपाललाई के दिदै छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment