Comments Add Comment

मलेसियामा सुतेकै ठाउँमा चन्द्रको मृत्यु

५ असोज, क्वाललाम्पुर । मलेसियामा एक नेपालीको ज्यान गएको छ । धरान मंगलवारेका २७ वर्षका चन्द्र वहादुर राईको सुतेकै ठाउँमा ज्यान गएको हो ।

kuala-lumpur-malaysia-photos-2रोजगारीको लागि दुई वर्ष अगाडि मलेसिया आएका राई सुतेको अवस्थामा एक्कासी छटपटाएका थिए ।

साथीहरुले अस्पताल लैजाने तयारी गर्दा गर्दै ज्यान गएको कम्पनीमा कार्यरत साथी प्रेम कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

पोसमार्टम रिपोर्टमा निजको मृत्यु ह्दयघातवाट भएको देखिएको छ । शव स्थानिय कोतातिङगी अस्पतालमा राखिएको छ । शवलाई नेपाल पठाउनको लागि कम्पनीले पहल गरिरहेको छ ।

राईको परिवारमा एक श्रीमती एक छोरा र एक छोरी छन् । उनी जोहोरको कोतातिङगीमा रहेको वायोनास टेक्नोलोजी एसडिएन विएचडिमा कार्यरत रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment