+
+

माधव र लालबाबुले हेरे ‘चंखे शंखे पंखे’

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ७ गते १६:२०

chankhe-2
शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘चंखे शंखे पंखे’को वुधबार बेलुकी काठमाण्डौको कमलपोखरीस्थित सिटी सेन्टर हलमा पि्रमियर गरिएको छ । चलचित्र हेर्नका लागि सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र नेकपा एमालेका नेता माधव कुमार नेपाल हल पुगेका थिए । चलचित्र हेरेपछि उनीहरुले कलाकारसँग सेल्फी पनि खिच्न भ्याएका थिए ।

चलचित्रको बिषयवस्तु उत्कृष्ट भएको भन्दै लालबाबुले अन्य चलचित्रमा पनि यस्तै बिषय उठान गर्नुपर्ने बताए । लालबाबुले यसको क्लाइमेक्स छोटो भएको भन्दै चलचित्र हेरेर रमाइलो गरेको बताए । निर्माता सन्तोष सेनले करोड बजेट लगाएर निर्माण गरेको यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।chankhe-3

चलचित्रको पहिलो भागमा कमेडी कथा र दोश्रोमा राष्ट्रियताको बिषयलाई उठान गरिएको छ । चलचित्रमा सुदर्शन थापा, सुवास थापा, प्रेम पुरी, प्रमोद अग्रहरी, नन्दिता केसीको मुख्य भूमिका छ । कार्यक्रममा चलचित्र यूनिटले घोषणा गरेको ‘राष्ट्रभक्ति फोटो प्रतियोगिताका ३ बिजेतालाई पुरस्कार पनि प्रदान गरिएको थियो ।chankhe-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?