Comments Add Comment

टोटनहृयामसँग म्यानचेष्टर सिटीको लज्जास्पद हार

Harry-Kane

९ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले टोटनहृयामसँग लज्जास्पद हार व्यहोरेको छ ।

शनिबार भएको खेलमा सिटी टोटनहृयामसँग ४-१ सँग पराजित भएको छ । सुरुवातका पाँच खेल जितेको सिटीको यो लगातार दोस्रो हार हो । यसअघि वेष्ट हृयामसँग हार व्यहोरेको थियो ।

त्यसअघि च्याम्पियन्स लिगमा सिटी युभेन्टसँग पराजित भएको थियो ।

घरेलु मैदानमा एक गोलले पछि परेको टोटनहृयामले उत्कृष्ट पुनारागमन गरेको हो । सिटीले २५ औं मिनेटमा केभिन डि ब्रोएनको गोलबाट अग्रता लिएको थियो ।

तर, पहिलो हाफको अन्तिम मिनेटमा टोटनहृयामका एरिक डियरले बराबरी गोल गरे ।

दोस्रो हाफमा टोटनहृयामले उत्कृष्ट खेल प्रदर्शन गर्दै तीन गोल थपेको छ । ५० औं मिनेटमा टोबीले गोल गरे भने ६१ औं मिनेटमा हृयारी केनले गोल गरे ।

खेलको ७९ औं मिनेटमा लामेलाले गोल गरेपछि टोटनहृयाम ४-१ ले विजयी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment