+
+

भीमटारका भूकम्प पीडितलाई चौधरीले दिए अस्थार्इ घर

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १० गते ११:११

CG Tahara Sindhupalchok
१० असोज, काठमाडौं । चौधरी फाउण्डेसनले सिन्धुपाल्चोक भिमसेनस्थान गाविसको भीमटारका एकसय १८ भूकम्प पीडित परिवारलाई अस्थायी घर हस्तान्तरण गरेको छ । शनिवार भीमटारमा भएको कार्यक्रममा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले भूकम्प पीडित परिवारलाई अस्थायी आवास हस्तान्तरण गरे ।

गत वैशाख १२ गतेको भूकम्पबाट घर गुमाएका मध्ये १० हजार परिवारका लागि अस्थायी घर बनाईदिने प्रतिवद्धता अनुरुप फाउण्डेसनले माझी तथा दनुवार समुदायको बाहुल्यता रहेको भीमटारका पीडित परिवारलाई घर प्रदान गरेको हो ।

फाउण्डेसनले एक हजार घर आँफैले र नौ हजार घर दाताहरुसँग सहकार्यमा निर्माण गर्ने घोषणा गरेको थियो । भीमटारमा घर बनाउन माहेश्वरी फाउण्डेसनले स्थानीय तहमा संयोजन गरेको हो ।

भूकम्पबाट सिन्धपाल्चोकमा सबैभन्दा प्रभावित मध्येको एक मानिएको भीमटारमाविपन्न, अशक्त, एकल महिला, बृद्धबृद्धाहरुलाई प्राथमिकतामा दिएर घर निर्माण गरिएको फाउण्डेसनले जनाएको छ ।

CG Tahara Sindhupalchok 2

कार्यक्रममा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले भूकम्प पीडित परिवारको दुखमा मल्हम लगाउन पाएको सन्तोष ब्यक्त गरे । उनले दशैं अघि नै एक हजार भूकम्प पीडित परिवारलाई घर दिने योजनाका साथ निर्माण कार्य भईरहेको जानकारी पनि दिए ।

चौधरी फाउण्डेसनले यसअघि काभ्रेको दोलालघाट, काठमाडौंको मच्छेगाउँ, भक्तपुरको चाँगुभीमटारका भूकम्प पीडितलाई चौधरीले दिए घरभीमटारका भूकम्प पीडितलाई चौधरीले दिए घरभीमटारका भूकम्प पीडितलाई चौधरीले दिए घरनारायण, ललितपुरको बुरुङचुली र लोकुण्डोलका भूकम्प पीडितका घर हस्तान्तरण गरिसकेको छ । सिन्धुपाल्चोकको जलविरे, रामेछाप, दोलखा, गोरखा, धादिङ लगायतका जिल्लामा पनि छिट्टै घर हस्तान्तरण गरिने फाउण्डसेनले जानकारी दिएको छ ।

CG Tahara Sindhupalchok 3 CG Tahara Sindhupalchok 4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?