Comments Add Comment

फ्रि भिसा फ्रि टिकटमा मलेसियाका १८४ कम्पनीको मागपत्र

रामचन्द्र नेपाल

क्वालालम्पुर । मलेसियाका एक सय ८४ वटा कम्पनीले फ्रि  भिसा र फ्रि  टिकट दिएर नेपाली कामदार ल्याउनको लागि मागपत्र प्रमाणीकरणका लागि कागजात पेश गरेको छ ।

baideshk rojgarएक सय ८४ वटा कम्पनीले फ्रि  भिसा र फ्रि टिकट दिएर नेपाली कामदार ल्याउनको लागि मागपत्र प्रमाणीकरणका लागि कागजात पेश गरेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।

मलेसियास्थित नेपाली राजदुतावासमा ५ हजार ३ सय ५३ कामदारको मागपत्र प्रमाणीकरणका लागि कागजात पेश गरेको दूतावासद्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

मागपत्र आएसँगै कागजात पेश गरेकाकम्पनीमाथि छानबिन कार्य भैरहेको र नेपालीकामदार पठाउन योग्य भेटिएका कम्पनीको मागपत्र स्विकृत गर्ने प्रक्रियामा रहेको दूतावासले जनाएको छ । नेपाल सरकारले मलेसिया लगायत ७ वटा खाडी मुलुकहरुमा असार २१ गतेबाट फ्रि  भिसा फ्रि टिकट लागू गरेको थियो ।

राष्ट्रको प्रतिष्ठा जोगाउन दूतावासको पत्रकारलाई आग्रह

विदेशमा वसेर कलम चलाउँदा आफ्नो राष्ट्रको इज्जत र प्रतिष्ठा र नेपाली श्रमिकको हितलाई सर्वाेपरी पारी कलम चलाउन नेपाली दुतावास मलेसियाले आग्रह गरेको छ ।

विदेशमा पत्रकारिता गर्दा एकदमै सजग भई कार्य गर्न र कुनै पनि कुराको अस्पष्ट भएका नेपाली दुतावासमा सम्पर्क गरी स्पष्ट भै समाचार संप्रेषण गर्नसमेत दुतावासले पत्रकारहरुमा अनुरोध गरेको छ ।

‘सहि समाचार संप्रेषण गर्ने र स्वच्छ पत्रकारिता गर्ने कार्यलाई राजदुतावासले सधै स्वागत र सम्मानगर्दै आएको तर ब्यक्तिगत रिसिबी साँध्ने तथा नेपाल र मलेसियाबीचको संम्वन्धमा समेत आँच आउने अनधिकृत रुपमा सम्प्रेण गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दछ’ शुक्रवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी विज्ञप्तीमा पत्रकार गणेश कुमार आचार्यको राहदानी रोजगारदाता कम्पनीको मालिकसँगवाट विवरण वुझन मगाईएको र असोज ३ गतेदेखि पटक पटक फोन सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन नचाहेकोले आचार्यले काम गर्ने कम्पनीका मालिकलाई असोज ६ गते वुझाईसकिएको दूतावासले जनाएको छ ।

आचार्यले भने पत्रकारको राहदानी दुतावासले जफत गरेको आरोप लगाउँदै आएका छन् । दूतावासले नै स्वतन्त्रतापूर्वक हिडडुल गर्न पाउने अधिकार हनन गरेको भन्दै कारवाहीको मागसहित मलेसियाका लागि नेपाली राजदुत डा.निरन्जनमान सिं वस्न्यातविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर गरेको वताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment