+
+

जमुनाह नाकामा पेट्रोलका ट्यांकर र ग्यासका बुलेट रोकिए

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १० गते ११:३१

Bake-Jamunaha-Naka

१० असोज, बाँके । पेट्रोलिम पदार्थ तथा ग्यास बोकेर आएका ट्रक तथा बुलेटहरु बाँकेको जमुनाह नाकामा रोकिएका छन् ।

जमुनाहमा पेट्रोल बोकेका १३ वटा, हवाई इन्धन बोकेका चार वटा, डिजेल बोकेका २९ वटा र ग्यास बोकेका २४ वटा बुलेट रोकिएका छन् ।

त्यस्तै अन्य उपभोग्य सामान बोकेका डेढसय भन्दा बढी ट्रक रोकेर राखिएको छ ।

खसी बोका बोकेर आएको एउटा ट्रक भने सीमा पार भएको छ । मुस्लिम धर्माबलम्बीहरुको पर्व इदको अवसरमा दिइने कुवार्नीका लागि ल्याइएका खसीबोका रहेको ट्रकलाई भने सीमाबाट चेकपास गराईएको हो ।

उक्त ट्रकसहित अन्य चेकपास भएका सामानबाट उक्त नाकामा एक लाख दुई हजार सात सय ३१ रुपैयाँ भन्सार उठेको छ ।

शनिबार जमुनाह नाकामा आन्दोलनकारी र प्रहरीबीच ढुंगा हानाहान भएको थियो । अाज भने उक्त क्षेत्रमा प्रदर्शनकारी देखिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?