Comments Add Comment

आइतबारका टप १० समाचारः केपी ओलीको हिसाबदेखि नाकाबन्दीको असरसम्म

आज आइतबार दिनभर अनलाइनखबरमा सयौं समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईले छुटाउनु भयो कि ?

 

१. काठमाडौंमा यस्तो देखियो भारतीय नाकाबन्दीको असर

Nakabandi Efficet

राजधानीमा सधैं खचाखच हुने सवारी साधनहरु आइतबार आधाभन्दा कम देखिएका थिए । सरकारी विदाको दिन भएरमात्रै होइन, भारतचीय नाकाबन्दीको असरले राजधानीलाई गाँजेको स्पष्टै देखियो राजधानीको सडकमा ।

२. केपी ओलीको हिसाब : उत्तर निकाल्ने कसरी होला ?

एमाले अध्यक्ष केपी ओलीले शनिबार नयाँबानेश्वरको अल्फा हाउसमा काठमाडौंका गन्नेमान्ने सम्पादकहरुलाई भेला गराएका थिए । भावी प्रधानमन्त्रीका रुपमा समेत हेरिएका ओलीको दिमागबाट अहिलेको राजनीतिक समस्याको समाधान केही उपाय पक्कै निस्किएला भन्ने उत्सुकता बोकेर सम्पादकहरु त्यहाँ पुगेका थिए ।

३. भूपरिवेष्ठित राष्ट्रबारे भारतले बिर्सियो राष्ट्रसंघीय महासन्धी

संसारमा रहेका करिब ४४ वटा भूपरिवेष्ठित देशहरुले निर्वाधरुपमा पारवाहन सम्बन्धी अधिकार पाउने छन् भन्ने राष्ट्रसंघीय महासन्धीमा भारतले समेत हस्ताक्षर गरेको तीन दशक पुगिसकेको छ । नेपालमा नाकाबन्दी गरेर अन्तरराष्ट्रिय कानून मिचिरहेको भारतलाई नेपालले फेरि एकपटक आफूले गरेको हस्ताक्षरबारे सम्झाउनुपर्ने भएको छ ।

४. सवारी ईन्धनमा कोटा प्रणाली लागू, कसले कति पाउँछन् ? 

नेपाल आयल निगमले सबै सवारी साधनलाई कोटा प्रणालीमा पेट्रोलियम पदार्थ दिने भएको छ । भारतले तेल आपूर्ति रोकपछि मौज्दात रहेको डिजेल/पेट्रोललाई धेरै दिनसम्म पुर्‍याउनका लागि कोटा प्रणाली लागू गर्ने निर्णय भएको हो ।

५. प्रचण्डले बाबुरामलाई भने-तपाईले सरप्राइज दिनु भो

एमाओवादी परित्यागको घोषणा गरेका डा. बाबुराम भट्टराई र प्रचण्डबीच आइतबार टेलिफोन सम्वाद भएको छ ।भट्टराईले एमाओवादी परित्यागको घोषणा गरेको भोलिपल्ट प्रचण्ड र बाबुरामबीच फोन सम्वाद भएको हो ।

. भारतीय गाडी र चलचित्र बन्द गर्ने विप्लव माओवादीको घोषणा

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले नेपालमा भारतीय नम्बरप्लेटका गाडी चल्न रोक लगाउने र भारतीय चलचित्र तथा विज्ञापन बन्द गर्ने बताएको छ । उसले भारतीय दूताबास अगाडि प्रर्दशन समेत गरेको छ ।

७. उपेन्द्र धर्ना बसेको रानी भन्सारमा भारतीय सीमाबाट प्रहरीमाथि ढुंगा प्रहार

upendra-yadav

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव बिराटनगरको रानी भन्सार नाकामा धर्नामा बसेका छन् । भारतले अघोषित नाकाबन्दी गरिरहेको अवस्थामा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा मोर्चाका कार्यकर्ताले रानीको दुई नम्बर ढाटमा धर्ना दिएका थिए ।

८. आफ्नो फेसबुक प्रोफाइल कसले हेर्यो ? यसरी थाहा पाउनुस् 

अहिले आफुले जान्न चाहेको व्यक्तिका बारेमा बुझ्न निकै सजिलो भएको छ । फेसबुक लगइन गर्यो अनि सम्बन्धित व्यक्तिको प्रोफाइल खोजेर हेर्यो । तपाइँले सायद धेरैपटक यसो गर्नुभएको छ होला ।

९ काकाले भाइलाई भने – त्यो पशुपतिसित सँगत नगर्

अहिलेका चर्चित गायक पशुपति शर्मालाई सुरु-सुरुमा गीत गाउन कम्ति सकस थिएन । उनले गीत गाएको घरका कसैले पनि मन पराउदैन थिए । गाउँमा लुकेर गाएका पशुपतिले काठमाडौमा पनि केही वर्ष घरका मान्छेले थाहा नपाउने गरि गाए ।

१०. थारु र मधेसीको एजेण्डा मिल्दैन, कसरी गठबन्धन हुन्छ ?

एमाओवादी नेतासमेत रहेका पूर्वसभासद सन्तोष थारु यतिबेला थरुहट तथा थारु संघर्ष समितिमा छन् । अधिकारका लागि आन्दोलन गरिरहेका थारु र मधेसी मोर्चावीच गठबन्धनको चर्चा यतिबेला जोडतोडका साथ चलिरहे पनि थार मोर्चाभित्र यसबारे एक मत हुन सकेको छैन ।

र, यो पनि

मासु रोक्न माग गर्दै सडकमै मानव बधशाला 

Manab Badsala

मासुको प्रयोग रोक्न तथा जनावरमाथिको अत्याचार रोक्न माग गर्दै शनिबार फ्रान्सको राजधानी पेरिसमा अनौठो प्रदर्शन भयो । सयौँ जनावर अधिकारकर्मीहरु पेरिसको मुख्य चोकमा भेला भएर अर्धनग्न भई रगतमा लतपतिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment