Comments Add Comment

‘डजिटिल इण्डिया’मा नेपाललाई समर्थन, मोदीको विरोध

११ असोज, काठमाडौं । भारतीय नागरिक अखिलेश यादवले नरेन्द्र मोदीको ‘डिजिटल इण्डिया’ अभियानलाई समर्थन जनाउँदै शनिबार ‘जय हिन्द’ लेखेर नयाँ टि्वटर एकाउन्ट खोले ।

Akhileshआफूलाई यूपीको मुख्यमन्त्री ठानेर नझुक्किन आग्रह गर्दै डिजिटल संसारमा प्रवेश गरेका अखिलेशको तीन दिनयताको ट्वीटरमा नेपालप्रति माया र भारतीय प्रधानमन्त्री मोदीप्रति कडा आलोचना मात्रै देख्न पाइन्छ ।

भारतीय सामाजिक सञ्जालमा यतिबेला मोदीको विदेश नीतिप्रति चर्को आलोचना गरिएको भेटिन्छ र नेपालमाथि लगाइएको नाकाबन्दीको भारतमा चर्को विरोध भइरहेको पढ्न पाइन्छ । नेपाललाई नाकाबन्दी गर्ने मोदी सरकारको नीतिप्रति भारतमै चर्को विरोध भइरहेको छ ।

मोदीको डिजिटल मिडियामा प्रवेश गरेका भारतीय नागरिक अखिलेश यादवका केही ट्विट यस्ता छन् :

  • भारतको डिप्लोम्यासीको असफलता एवं ब्यूरोक्रेट्सको मनमानीको उदाहरण हो नेपाल …. हामीले उसको सार्वभौमसत्ताको सम्मान गरेर संविधानमा स्वागत गर्नुपथ्र्यो । नाकाबन्दीले दुई देशको सम्बन्धमा दरार पर्छ, यो ठीक होइन । हामीले अमन चयन र शान्ति बनाइराख्नुपर्छ, दुश्मनी हैन ।
  •  नेपाल त्यो देश हो जसले भारतमा संकट नआओस्, यसका लागि उसले आफ्ना बहादुर मानिसहरु इण्डियन आर्मीमा पठाएको छ र आज हामी उही देशलाई संकटमा पारिरहेका छौं, यो शर्मको कुरा हो ।
  •  सुनिएको छ कि नाकाबन्दीका कारण नेपालमा इन्धन संकट हुनेवाला छ, यसमा छिमेकी हुनुको नाताले मद्दत गर्नुको सट्टा हामी दंगा फसदालाई उर्जा दिइरहेका छौं, यो गलत छ ।
  •  यदि हामी नेपालको सार्वभौमसत्ता एवं नेपालीको स्वाभामिानको अवहेलना गर्छौं भने जय हिन्दको नारालाई शोभा दिँदैन, सम्मान चाहिन्छ भने पहिले दिन सिक ।
  •  यदि अमेरिकाले हामीलाई हाम्रो संविधान फेर्न दबाव दियो भने कस्तो लाग्छ ? नेपालको नयाँ संविधान फेर्न दबाव दिनु पनि यस्तै हो । नाकाबन्दी खारेज गर ।
  •  उता मोदीजी सिलिकन भ्याली बनाउने बात गरिरहेका छन्, यता जम्मु-कश्मिरमा थप गरिएको इन्टरनेट सुविधा हटाइएको छ । यो षडयन्त्र हो कि संयोग ?
  •  यदि मोदीजी आफ्नो भ्रमणबाट केही समय निस्कन्छ भने छिमेकमा ध्यान दिए राम्रो हुन्थ्यो, दुश्मन मुलुकले यो फुटलाई उछालेर युद्ध छेड्ने षडयन्त्र गरिरहेको छ ।
  •  जसरी नेपालीहरुले भारतलाई दंगा भड्काउन खोजेको आरोप लगाइरहेका छन्, यदि यो साँचो हो भने भारत सरकारले यस्तो गर्नु हुँदैन, हामी छिमेकी हौं, दुश्मन होइन ।
  • भारतका नेता एवं ब्युरोक्रेट्सहरुले नेपालको आन्तरिक मामिलिामा दख्खलअञ्दाज गर्नुहुँदैनथ्यो, नेपाल एउटा सार्वभौमसत्तासम्पन्न मुलुक हो, यसको सम्मान गर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment