+
+
Shares

भारतीय सिनेमापछि टेलीभिजन च्यानल पनि बन्द

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १२ गते ११:०१

१२ असोज, काठमाडौ । भारतले नेपाल बिरुद्ध अघोषित नकाबन्दी गरेको विरोधमा नेपालमा भारतीय टीभी च्यानल बन्द गरिएका छन् ।

नाकाबन्दीको विरोधमा केबुल च्यानलहरुले भारतीय टेलिभिजन च्यानलमाथि रोक लगाएका हुन् । यसअघि सोमबार देखि चलचित्र हलमा भारतीय सिनेमा बन्द भएका छन् ।

केबल टेलिभिजन सञ्चालकहरुले मंगलबारदेखि देशैभर हिन्दी च्यानल बन्द गर्ने निर्णय गरेका छन् । आजैदेखि नेपाली सिनेमा घरमा हिन्दी सिनेमा पनि नलाग्ने भएको छ ।

Dish-Homeयसैवीच डिसहोमले भारतीय च्यानल जी प्याकेजको प्रसारण केही समयका लागि बन्द भएको सूचना जारी गरेको छ । डिस होमले मंगलबार सूचना जारी गर्दै डिस होम र जीका वीचमा च्यानलको शुल्कको विषयमा असमझदारी भएकाले जी प्याकेजका च्यानल बन्द गरिएको जनाएको छ ।

तर, केबुल टेलिभिजनमा हिन्दी च्यानलमाथि रोक लगाइए पनि डीसहोमले जी प्याकेज बाहेक अन्य हिन्दी च्यानलहरु भने प्रसारण गरिरहेको छ ।

भारतीय मिडियाले नेपालबारे बेला-बेलामा फैलाउने भ्रामक समाचारले पनि भारतीय मिडियाप्रति नेपाली नागरिक सकारात्मक छैनन् । अहिले सामाजिक सञ्जाल फेशबुक ट्वीटरमा भारतीय हेपाहा व्यवहारको आलोचना गर्ने निकै बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?