१२ असोज, काठमाडौं । इन्धन अभावले काठमाडौं उपत्यकामा निकै कम गाडी चल्न थालेका छन् । सीमित गाडी र असीमित यात्रुहरुका कारण सार्वजनिक सवारी साधनमा यात्रुहरुको चाप अत्यधीक छ ।
घण्टौंसम्म कुर्दा पनि गाडी नपाइने र पाइहाले पनि यात्रुहरुले भरिभराउ हुने गरेका कारण सार्बजनिक यात्रा कष्टकर एवं जोखिमयुक्त बनेको छ ।
गाडी कुरेर बसिरहनु भन्दा छतमा बसेर भए पनि गन्तव्यमा जान सर्वसाधारण बाध्य छन् ।
सामान्य अवस्थामा गाडीको छतमा बसेर र झुण्डिएर यात्रा गर्न नपाइने भए पनि असामान्य परिस्थिति सिर्जना भएको भन्दै ट्राफिक प्रहरीले पनि रोकटोक लगाएको छैन ।
कार्यालय समयमा र कार्यालय समयलगत्तै घर फर्किने बेलामा झनै सार्वजनिक सवारीको यात्रा निकै कष्टपूर्ण देखिएको छ । अनलाइनखबरकर्मी मंगलबार कार्यालय समयमा काठमाडौंको सडकमा निस्किँदा यस्तो दृश्य देखियो :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4