Comments Add Comment

गृहले भन्यो-‘टीकापुर घटनामा सशस्त्र प्रहरी दोषी’ भन्ने समाचार गलत

१३ असोज, काठमाडौं । गृह मन्त्रालयले ‘टीकापुर घटनामा सशस्त्र प्रहरीका आईजीपी दोषी ठहर’ भन्ने समाचारको खण्डन गरेको छ ।

अध्ययन समितिले प्रतिवेदन बुझाएपछि घटनामा सशस्त्र प्रहरीका आईजीपी दोषी ठहर’ भन्ने समाचार प्रकाशनमा आएको थियो । तर, गृह मन्त्रालयले विज्ञप्ति जारी गरी त्यसको खण्डन गरेको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ-‘छानविन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक हुनु अगावै कुनै स्रोत विना प्रकाशित समाचार भ्रमक र तथ्यहीन भएकाले समाचारबाट भ्रममा नपर्न आग्रह गरिएको छ ।’

तथ्यभन्दा बाहिर गई प्रकाशित समाचारले उच्च अनुशासनमा रही राज्यले सुम्पिएको दायित्व निर्वाहमा कटिबद्ध सुरक्षाकर्मीको मनोबलमा समेत असर पर्न सक्ने मन्त्रालयले बताएको छ ।

Home-Minstry Statement About Tikapur

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment