+
+
Shares

धनगढीकी ऋचा पर्वतको भाषा बोल्दा खुशी

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १४ गते ११:१६

sahitik-bahas
काठमाण्डौमा असोज ८ गतेबाट सुरु भएको ‘वृहत्त पुस्तक प्रदर्शनी तथा साहित्य महोत्सव’मा ‘सिने सेलिब्रेटी र साहित्य’ बिषयमा बहस भएको छ । बहसमा निर्देशक लक्ष्मीनाथ शर्माले अहिलेका चलचित्रकर्मीले साहित्य पढ्न थालेकोमा खुशी व्यक्त गरे ।

उनले वीपी कोइरालाको चर्चित कृती ‘सुम्निमा’माथि चलचित्र बनाउन मन लागेको बताए । नायिका ऋचा शर्माले चलचित्र ‘टलकजंग भर्सेस टुल्के’मा काम गर्दाको अनुभव सुनाएकी थिइन् । उनले धनगढीको बासिन्दाले पर्वतको लवजमा काम गर्दा केही गाह्रो भएपनि दर्शकले मन पराएको खुशी व्यक्त गरिन् ।

उनले साहित्यिक पुस्तक पढ्ने गरेको बताउँदै एक दर्जन साहित्यिक कृतीका पात्रमाथि काम गर्न मन लागेको बताइन् । चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्काले भिमदत्त पन्तको बारेमा कृत्ती पढेपछि आफूलाई चलचित्र बनाउन मन लागेको बताए ।

कार्यक्रममा कवि राजेन्द्र थापा, निर्देशक सुमन दाहाल, ओस्कार कलेज अफ फिल्म स्टडिजका प्रिन्सिपल विनोद पौडेल, धान विशेषज्ञ डाक्टर भोलामान सिंह, संचारकर्मी विजयरत्न तुलाधर ले पनि साहित्यका बारेमा आफ्नो अनुभव सुनाएका थिए ।

भृकुटीमण्डपमा जारी यो पुस्तक मेला असोज १९ गतेसम्म चल्नेछ । कार्यक्रम संयोजक डब्बु क्षेत्रीले नेपाली साहित्यिक कृतीमाथि बनेका चलचित्रको बारेमा चर्चा गरेका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?