Comments Add Comment

टुट्दैछ दिपक-दीपाको श्रीमान्-श्रीमतीको नाता

deepak-and-dipa
१२ बर्षसम्म श्रीमान् श्रीमतीको रुपमा देखिएका हाँस्य कलाकार जोडी दिपकराज गिरी र दीपाश्री निरौलाको यो सम्बन्ध अब टुट्ने भएको छ । आज बिहिबारबाट चर्चित हाँस्य सिरियल ‘तितो सत्य’ले ६ सय भाग पुरा गरेको छ । ६ सय भाग पुरा गरेपछि दिपक र दीपाले आफूहरुको यो सम्बन्धलाई विश्राम लगाउने तयारी गरेका छन् ।

६ सय भागसम्म श्रीमान्-श्रीमतीको रुपमा देखिदा यो जोडीलाई वास्तविक रुपमा पनि यही सम्बन्धको रुपमा संझने दर्शकको संख्या कम छैन । तर, एकहोरो रुपमा १२ बर्षसम्म एउटै भूमिकामा देखिदा दर्शकमा मोनोटनस हुने खतरा पनि हुन्छ । यही कुरालाई वुझ्दै दिपक र दीपाले आफूहरुको श्रीमान्-श्रीमतीको सम्बन्धलाई टुटाउने तयारी गरेका हुन् ।

अबका केही भागपछि दिपक र दीपा अलग भूमिकामा देखिनेछन् । लेखक तथा निर्देशक दिपकले भने-‘हामी नयाँ शैलीमा जाने बिषयमा सोच्दैछौ । दशैको भाग देखाएपछि दिपा र मेरो श्रीमान्-श्रीमतीको जोडी टुट्न सक्छ ।’ उनले विभिन्न बिषयमा सोच भैरहेको पनि बताए । दिपकले आफूले यो सिरियलमा अभिनय भने अहिले नै गरि नहाल्ने बताए । निर्मात्री दीपाश्री निरौलाले पनि अब नयाँ शैलीमा लैजाने बिषयमा कुरा भैरहेको बताइन् ।

१२ बर्ष अगाडि सुरु भएको यो सिरियल नेपाल टेलिभिजनमा हरेक बिहिबार प्रशारण हुँदै आएको छ । यो सिरियलबाट नै नेपालमा थुप्रै हाँस्य कलाकारको जन्म पनि भयो । यो सिरियल सर्वाधिक चर्चित र उच्च टीआरपी भएको सिरियल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment